वीरगंजमा दुई संस्थाद्वारा निश्शुल्क भोजन शिविर

प्रस, वीरगंज, २६ माघ/
माँ अन्नपूर्णा निश्शुल्क भोजन शिविर शनिवार वीरगंज महानगरपालिका–६ मा शनिवार सम्पन्न भएको छ ।

प्रत्येक महीनाको अन्तिम शनिवारका दिन आयोजना गरिने निश्शुल्क भोजन शिविरमा २५० जना गरीब, रिक्शाचालक, ठेलाचालकले भोजन गरेको अन्नपूर्णा भोजन सेवा समितिका कोषाध्यक्ष लेखनाथ टिबडेवालले बताए ।

विगत छ वर्षदेखि निश्शुल्क भोजन शिविर आयोजना गरी गरीबहरूलाई भोजन गराइँदै आएको अध्यक्ष हरेन्द्र कुर्मीले बताए ।

कार्यक्रममा पवन शर्मा, हुकुम सिंह राजपूत, डा. हरेराम ठाकुर, सियाराम ठाकुर, लालबाबू सिंह, अभिलाष गुप्तालगायतको सहभागिता थियो ।

यसैगरी वीरगंज समाज सेवाको आयोजनामा ४० औं हप्ता निश्शुल्क शिविर नारायणी अस्पतालको प्राङ्गणमा शनिवार सम्पन्न भएको छ । प्रत्येक शनिवार बिहान १० बजेदेखि अस्पताल प्राङ्गणमा करीब ५०० जना गरीबहरूलाई दाल, भात, तरकारी, अचार खुवाउने गरिएको वीरगंज समाज सेवाका सचिव प्रकाश बाहेतीले बताए । कार्यक्रममा अध्यक्ष अशोककुमार गुप्ता, उपाध्यक्ष मनोजप्रसाद रौनियार, कोषाध्यक्ष विनोद सरार्पmलगायतको सहभागिता थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्