• अनन्तकुमार लाल दास

इमैनुअल कान्टले भनेका छन्– “विज्ञान सङ्गठित ज्ञान हो र बुद्धि सङ्गठित जीवन हो ।” शङ्का र प्रश्न सोध्ने प्रवृत्तिको अत्यधिक महŒव विज्ञानको विषयमा रहेको छ । विज्ञान त्यो दृष्टिकोण हो, जसले कुनै कुरालाई जिज्ञासापूर्ण दृष्टिले हेर्दछ तथा सत्यको खोजीमा निरन्तर प्रयत्नशील रहन्छ । विज्ञानको प्रगतिको आधार त्यो व्यक्ति हो जो कुनै पनि धारणालाई प्रश्न नगरी स्वीकार गर्दैन । ऊ सदैव नवीन जवाफको खोजी गर्दछ र पारम्परिक धारणाहरूलाई चुनौती दिने साहस राख्छ । यस आलेखमा प्रश्न सोध्ने प्रवृत्ति विज्ञानको विषय र मानव समाजको उन्नतिको लागि कसरी आवश्यक छ भन्ने कुरामाथि गहिरो छलफल गरिने छ ।

विज्ञानको महŒवपूर्ण सिद्धान्त के हो भने उसले कुनै पनि धारणालाई परीक्षण र प्रमाणविना स्वीकार गर्दैन । विज्ञानको जन्म प्रश्नबाट हुन्छ र जिज्ञासा उसको इन्धन हो । न्यूटनदेखि आइन्स्टीनसम्म, सबै वैज्ञानिकले विज्ञानको मौलिक प्रश्न उठाएका थिए र त्यसको जवाफको खोजी गर्ने प्रयास गरेका थिए । उदाहरणका लागि न्यूटनले के प्रश्न उठाएका थिए भने स्याउ किन तल खस्छ र यस प्रश्नले गुरुत्वाकर्षणको सिद्धान्तलाई जन्मायो । यस्तै प्रश्न सोध्ने प्रवृत्तिले वैज्ञानिक क्रान्तिको बाटो खोलेको थियो । यसबाट मानिसहरूले पारम्परिक धारणाहरू अपर्याप्त छ भन्ने कुरा बुझे, किनभने यसले नयाँ प्रश्नहरूको जवाफ दिन सकेन । परिणामस्वरूप विज्ञानले वास्तविक प्रगति ग¥यो ।

प्रश्न सोध्नु विज्ञानको आधार हो किनभने यसले हामीलाई नयाँ विचार खोज्न र सिद्धान्तसम्म पुग्न प्रेरित गर्दछ । हरेक वैज्ञानिक सिद्धान्त एउटा प्रश्नबाट आरम्भ हुन्छ । “यो कसरी भयो ?” “किन भयो ?” “यसको पछाडिको कारण के हो ?” यस प्रकारका प्रश्नहरूले वैज्ञानिकहरूलाई समस्याको समाधान एवं नयाँ आविष्कारतर्पm डो¥याउँछ । प्रश्न सोध्ने बानीले एउटा वैज्ञानिक दृृष्टिकोणको विकास मात्र नगरी समालोचनात्मक चिन्तनलाई पनि बढाउँछ । समालोचनात्मक चिन्तनले हामीलाई परम्परागत धारणाहरूलाई चुनौती दिन र त्यस पछाडिको तर्कलाई पनि बुझ्ने शक्ति प्रदान गर्दछ । यस कारणले नै होला, वैज्ञानिक र शिक्षाविद्हरूले विद्यार्थीहरूलाई प्रश्न सोध्न प्रेरित गर्छन् ।

कुनै पनि वैज्ञानिक खोज प्रश्नबाट शुरू भएको इतिहास साक्षी छ । गैलीलियोले एउटा मौलिक प्रश्नको उठान गरेका थिए–“के पृथ्वी ब्रह्माण्डको केन्द्रमा छ ?” यो प्रश्न यति शक्तिशाली थियो जसले सम्पूर्ण खगोलशास्त्रको दिशा नै परिवर्तन गरिदियो । गैलीलियोले आप्mनो प्रश्नको जवाफ खोज्नको लागि प्रेक्षण र परीक्षणको सहारा लिए र पृथ्वी सूर्यको चारैतिर परिक्रमा गर्दछ भन्ने कुरा प्रमाणित गरे । यस खोजले त्यस बेलाको धार्मिक र सांस्कृतिक मान्यताहरूलाई चुनौती दिएको थियो जसले प्रश्न सोध्नेको महŒव रेखाङ्कित गर्दछ ।

चाल्र्स डार्विनले जीवनको विकासका सम्बन्धमा धेरै प्रासाङ्गिक प्रश्न उठाएका थिए । उनले प्रजातिहरू कसरी विकसित भए भन्ने कुरा बुझ्ने प्रयास गरे र यसको पछाडिको कारण के हो ? उनको प्रश्नले उनलाई प्राकृतिक सिद्धान्तसम्म पु¥यायो जो आज पनि जैविक विज्ञानको महŒवपूर्ण स्तम्भ हो । डार्विनको यस सिद्धान्तले जैविक विज्ञानमा मात्र क्रान्ति ल्याएन, अपितु मानव अस्तित्वलाई पनि एउटा नयाँ दृष्टिकोण दियो ।

विज्ञानमा प्रश्न सोध्ने प्रक्रियाको एउटा विधिवत् प्रणाली छ । यसलाई वैज्ञानिक पद्धति भनिन्छ । वैज्ञानिक पद्धतिमा निम्न चरणहरू हुन्छन् ।

१) अवलोकन : कुनै घटना वा समस्यालाई ध्यानपूर्वक अवलोकन गर्नु ।
२) प्रश्न : घटनाको पछाडिको कारण र तर्क बुझ्नका लागि प्रश्न गर्नु ।
३) परिकल्पना : प्रश्नको सम्भावित जवाफको रूपमा एउटा परिकल्पना प्रस्तुत गर्नु ।
४) प्रयोग : परिकल्पनाको परीक्षण गर्न प्रयोग गर्नु ।
५) विश्लेषण : प्रयोगबाट निस्केको परिणामको विश्लेषण गर्नु ।
६) निष्कर्ष : विश्लेषणको आधारमा निष्कर्ष निकाल्नु ।

यो प्रक्रिया निरन्तर प्रश्न र परीक्षणमाथि आधारित हुन्छ । यदि प्रयोग पछि पनि कुनै प्रश्नको जवाफ भेटिंदैन भने नयाँ प्रश्न उत्पन्न हुन्छ जसबाट वैज्ञानिक खोजको प्रक्रिया निरन्तर चलिरहन्छ ।

विज्ञानमा प्रश्न सोध्नु जति आवश्यक छ त्यतिकै आवश्यक समाजमा प्रश्न सोध्ने स्वस्थ संस्कृति हुनु पनि आवश्यक छ । हाम्रोजस्तो समाजमा प्रायः पारम्परिक धारणाहरूमाथि प्रश्न उठाउन प्रोत्साहित गरिंदैन । विद्यालयमा विद्यार्थीरूमा घोक्ने प्रवृत्ति बढी हुन्छ । यस कारण विद्यार्थीहरू स्वतन्त्र चिन्तन र प्रश्न सोध्ने प्रवृत्ति तिखार्न पाउँदैनन् । हाम्रो पाठ्यक्रमले पनि यसतर्पm ध्यान दिएको छैन । यहींनिर पाठ्यक्रममा सुधारको खाँचो रहेको छ ।

यस प्रकारको प्रवृत्तिले वैज्ञानिक चिन्तन र नयाँ खोजलाई बाधित गर्दछ । प्रश्न सोध्नाले नै नयाँ समाधान र प्रविधिको प्रगति सम्भव हुन्छ । यस कारण शिक्षा प्रणाली यस दिशामा क्रियाशील पार्ने आवश्यकता छ । विद्यालयहरूमा पनि प्रश्न सोध्ने प्रवृत्ति र जिज्ञासु प्रवृत्ति विकसित गर्नु आवश्यक छ ।

वर्तमान समयमा विज्ञान र प्रविधि तीव्र गतिले उन्नति गरिरहेको सन्दर्भमा प्रश्न सोध्ने प्रवृत्तिलाई आज पनि कैयौं चुनौतीको सामना गर्नुपरिरहेको छ । प्रविधिको प्रगतिले वर्तमानमा यति बढी सुविधाहरू प्रदान गरेको छ, जस कारण कैयौंपटक हामी प्रश्न सोध्न नै बिर्सिहाल्छौं । उदाहरणको लागि इन्टरनेट र गुगलजस्ता प्रविधिले हामीलाई तुरुन्त समाधान उपलब्ध गराइदिन्छन् तर के यस्ता प्रविधिले हामीलाई प्रश्न कसरी सोध्ने भन्ने कुरा सिकाउँछ । आजको डिजिटल युगमा सूचनाहरूको लागि मात्र प्रविधिमाथि निर्भर हुने कुरा आवश्यक छैन । यसर्थ ज्ञान र समझको लागि सही प्रश्न सोध्ने प्रवृत्ति विकसित गर्नु आवश्यक रहेको छ ।

विज्ञानमा प्रश्न सोध्नु वैज्ञानिक अनुसन्धानसम्म मात्र सीमित नभई यो लोकतन्त्रको जग पनि हो । एउटा लोकतान्त्रिक समाजमा नागरिकलाई सरकारसँग प्रश्न सोध्ने अधिकार छ । सरकारको नीतिमाथि प्रश्न उठाउने अधिकार र जवाफदेहितालाई सुनिश्चित गर्ने अधिकार छ । विविधता र विचारको बहुलता भएको देश नेपालमा स्वतन्त्ररूपले प्रश्न सोध्नु झन् महŒवपूर्ण छ । प्रश्नबेगर लोकतन्त्र एउटा औपचारिक प्रक्रिया मात्र हुन जान्छ । विज्ञान र लोकतन्त्रको सम्बन्ध प्रश्न सोध्ने संस्कृतिमाथि आधारित छ जुन वास्तविकता तथा न्यायको खोजीमा महŒवपूर्ण साबित हुन्छ ।

“प्रश्न सोध्ने विद्यार्थी नै विज्ञानका सिपाही हुन्” भन्ने कथनले विज्ञानको आत्मालाई दर्शाउँछ । विज्ञानले कुनै पनि विचार वा सिद्धान्तलाई परीक्षण र प्रश्नबेगर स्वीकार गर्दैन । प्रश्न सोध्ने साहस गर्ने र निरन्तर नयाँ खोजी गरिराख्ने मानिस नै विज्ञानको प्रगतिको मूल आधार हो । मानिसको यही प्रवृत्तिले उसलाई विज्ञानमा मात्र हैन, जीवनको हरेक क्षेत्रमा सफलता दिलाउँछ । आधुनिक नेपाललाई पनि आज यस्तै समाजको आवश्यकता छ जहाँ जिज्ञासा र प्रश्न सोध्ने संस्कृतिलाई प्रोत्साहित गर्न सकियोस् । यदि शिक्षा, अनुसन्धान र नीति निर्माणमा प्रश्न सोध्ने प्रवृत्तिलाई प्राथमिकता दिइयो भने हामी एउटा समृद्ध र सुखी नेपालसहित सशक्त समाजको निर्माण गर्न सक्र्छौ । यसर्थ ए.पी. जे. अब्दुल कलामको शब्दमा–“विज्ञान मानवताको लागि एउटा सुन्दर उपहार हो, हामीले यसलाई विकृत पार्नुहुँदैन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here