प्रस, वीरगंज, ९ माघ/
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका–१६ वीरगंज भन्सार क्षेत्रमा बुधवार सरसफाइ गरिएको छ । ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा वीरगंज भन्सार कार्यालयको आयोजना तथा ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्शनगरको सहकार्यमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । ग्रीन सिटीका सदस्य रतन टेमानीको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रमको उद्घाटन वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गरेका थिए ।

कार्यक्रममा प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक, राजेन्द्र ढुङ्गाना, लेखा अधिकृत ह्दयनारायण साह, वीरगंज महानगरका साझेदार एके इन्टरनेशनलका शिवप्रसाद गुप्ता, सरसफाइ महाशाखा प्रमुख सर्फुद्दीन मियाँ, ग्रीन सिटीका चन्द्र अग्रवाल, त्रिलोकचन्द दारुका, सशस्त्र प्रहरी नायब निरीक्षक नागेन्द्र यादव, वरिष्ठ प्रहरी हवल्दार प्रेम राम, अजिता घिमिरेलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here