प्रस, वीरगंज, ७ माघ/
बारा जिल्ला महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित बलिका लागि विश्वप्रसिद्ध गढीमाई मन्दिरमा माघ ३ गते भएको तोडफोड र उदण्डताविरुद्ध राष्ट्रिय समता पार्टी नेपालले गृहमन्त्री रमेश लेखकलाई सोमवार ज्ञापनपत्र बुझाएर दोषीमाथि कारबाहीको माग गरेको छ ।

रासपाले बुझाएको ज्ञापनमा यही माघ ३ गते बिहीवार राति १० बजे केही व्यक्तिहरू मन्दिर परिसरमा प्रवेश गरी माघ १ गतेका दिन भाकलस्वरूप छाडिएका परेवाहरू चोर्ने प्रयास गरेका र उनीहरूलाई रोक्ने प्रयास गर्दा नगर प्रहरीसँग झडप भएको र सोको भोलिपल्ट ती व्यक्तिहरूले सुनियोजितरूपमा मन्दिर परिसरभित्र दानपेटिका र पङ्खाहरू तोडफोड गरेको भन्दै उनीहरूलाई कारबाही हुनुपर्ने माग गरेका छन् । ज्ञापनमा घटनाका दोषीहरू मन्दिर परिसरमा राखिएको सिसिटिभी फुटेजमा देखिएकोले उनीहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिएको छ ।

रासपा अध्यक्ष विजयप्रकाश निषादको नेतृत्वमा महासचिव डा अभिषेक तिवारी र केन्द्रीय सदस्य छत्रबहादुर श्रेष्ठसहितको टोलीले गृहमन्त्री लेखकको निवासमा ज्ञापन बुझाएका हुन् । गृहमन्त्री लेखकले घटनाका दोषीहरूलाई कारबाही गरिने आश्वासन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here