प्रस, परवानीपुर, ७ माघ/
हेला इन कर्पाेरेशन चीनको सहयोगमा चाइना फाउन्डेशन फर रुलर डेभलपमेन्टले वीरगंज महानगरका तीन विद्यालयमा साइकल वितरण गर्दैछ ।

चाइना फाउन्डेशन फर रुलर डेभलपमेन्टको आयोजनमा सोमवार वीरगंज महानगरपालिका–१४ स्थित नृसिंह माविमा कक्षा सातमा अध्ययनरत २०४ जना विद्यार्थीलाई साइकल वितरण गरिएको थियो । उपप्रमुख इम्तियाज आलमले साइकल वितरण गर्दै चीन सरकारप्रति आभार व्यक्त गरे । उनले साइकल पाएपछि विद्यार्थीहरूको अध्ययनमा सघाउ पुग्ने बताए । समयमा विद्यालय आउन र ट्युसन, कोचिङ क्लास गर्न सघाउ पुग्ने उनले बताए ।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रमेश यादव, चिनियाँ दूतावासका वाणिज्यदूत वाङ चिङ, समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्ट, प्रधानाध्यापक हरेन्द्र कुर्मीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण राधेश्याम पटेलले गरेका थिए ।

चाइना फाउन्डेशन फर रुलर डेभलपमेन्टले वीरगंज महानगरपालिकाका तीनवटा विद्यालयमा कक्षा सातमा अध्ययनरत विधार्थीहरूलाई साइकल वितरण गर्ने बताएको छ । वीरगंज महानगर–४ स्थित रामकुमार महावीरप्रसाद कन्या मावि र वीरगंज महानगर–२ छपकैयास्थित ताराचन्द अग्रवाल माविमा क्रमशः ९३ र ७६ थान साइकल वितरण गर्ने सो संस्थाले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here