प्रस, वीरगंज, ७ माघ/
सगरमाथा लुम्बिनी इन्स्योरेन्स मधेस प्रदेशले सोमवार पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–४ मा रहेका ७० गरीब परिवारलाई कम्बल वितरण गरेको छ ।

चीसोमा सामाजिक उत्तरदायित्व वहन गर्दै पर्सामा सोमवार कम्बल वितरण गरिएको र मधेस प्रदेशका आठवटै जिल्लामा गरीब, विपन्न परिवारलाई कम्बल वितरण गर्ने योजना रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स मधेस प्रदेशका प्रबन्धक निशान्त लामिछानेले बताए ।

कार्यक्रममा वडाध्यक्ष भेडीप्रसाद यादव, स्थानीय अयोध्याप्रसाद चौहान र बीमाका रोशन महासेठ, सन्दीप सिंहलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here