प्रस, वीरगंज, ४ माघ/

रोटरी क्लब अफ वीरगंजको आयोजनामा शुक्रवार पकाहामैनपुर गाउँपालिकास्थित मुसहरबस्तीका बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरिएको छ। 

प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, क्लबका अध्यक्ष निर्मल खत्रीलगायतले पकाहामैनपुर गापा–४ खेस्राहा टोलका ३०० जना मुसहर बालबालिकालाई ट्र्याकसुट, टोपीलगायत न्यानो कपडा वितरण गरेका थिए। प्रजिअ अर्यालले मुसहर जातिका बालबालिकाहरूलाई चीसोमा न्यानो कपडा वितरण गरेर रोटरीले सराहनीय काम गरेको बताए। 

कार्यक्रममा क्लबका राकेश मिश्र, आयुष गुप्ता, ढेडीप्रसाद यादवलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here