प्रस, वीरगंज, ४ माघ/

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पताल वीरगंजमा शुक्रवार सम्पन्न रक्तदान कार्यक्रममा दुई महिलासहित ३३ जनाले रक्तदान गरेका छन्। 

रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक मनीष गुप्ताले डा रसीम ठाकुर, ओशिका कर्ण, डा रञ्जन 

झा, सन्दीप कुर्मी, सन्तोष ठाकुर, भीम राम, विनोद यादव, दीपेश कुशवाहा, रामपुकार राउत कुर्मी, सुभाष गुप्ता, मुकुन्द खत्री, राकेश गिरीलगायतले रक्तदान गरेको बताए। आँखा अस्पतालको ५०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here