प्रस, वीरगंज, ४ माघ/
जनमत पार्टी, पर्साको आयोजनामा शुक्रवार वीरगंज महानगर–९ रानीघाटमा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ।
वीरगंज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा शिविरमा १५० जनाको आँखा परीक्ष्Fण गरिएकामा २९ जनामा मोतीबिन्दु फेला परेको जनमत पार्टी, पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए। उनले मोतीबिन्दु फेला परेका २९ जनाको वीरगंज सामुदायिक आँखा केन्द्रमा निश्शुल्क शल्यक्रिया गरिने जानकारी दिए।
यस अघि सञ्चालित शिविरमा फेला परेका ३६ जना मोतीबिन्दुका बिरामीहरूको निश्शुल्क शल्यक्रिया भएको उनले बताए।
वीरगंज सामुदायिक आँखा केन्द्रकी मिखा श्रेष्ठको प्राविधिक टोलीले आँखाको चेकजाँच गरेको थियो।
कार्यक्रममा अजय सर्राफ, गोकर्ण कर्ण, रम्भा मिश्र, सिकेन्द्र राम, उदय यादव, सञ्जय सिंह, बृजकिशोर कलवार, माधव शर्मालगायतको सहभागिता थियो।