प्रस, पंचगावाँ, ४ माघ/
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले सिंघाही खोलाबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन गरेको कसूरमा दुईवटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ।
पर्सागढी नगरपालिका–२ सिंघाही खोलाबाट अवैधरूपमा नदीजन्य पदार्थको उत्खनन गरेको कसूरमा ना.५त ३१२८ र प्र२–०३–००१त १६७९ नम्बरका दुईवटा ट्रक र त्यसका चालक सरोज साह र सन्दीप पटेललाई नियन्त्रणमा लिएर कारबाई प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्ष्Fक प्रकाश थापाले बताए।
अवैधरूपमा उत्खनन गरिएका गिट्टी र बालुवा बागवन्नातर्फ लिएर जाने क्रममा ट्रक र चालकलाई नियन्त्रणमा लिएको उनले बताए।