प्रस, वीरगंज, ४ माघ/

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पर्सा जिल्लामा सञ्चालित सामुदायिक, निजी अस्पतालका सञ्चालकहरूको भेला डाँकेका छन्।

पर्सा जिल्लामा प्रवाह भइरहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्यले माघ ६ गते आइतवार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयमा अनिवार्यरूपमा भेला हुन सूचना गरिएको छ। 

पर्सा जिल्लामा ४२ वटा सामुदायिक र निजी अस्पतालहरू छन्। 

यसैगरी, प्रजिअ अर्यालले स्वास्थ्य कार्यालय, नेपाल चिकित्सक सङ्घ नारायणीसहितका संस्थाहरूलाई पनि आइतवार ११ बजे जिल्ला प्रशासन कार्यालयमा आउन सूचित गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here