प्रस, वीरगंज, ३ माघ/
बारा जिल्ला विश्रामपुर गाउँपालिका–५ इटियाहीमा हुने श्री श्री १००८ महाशिवरात्रि महामहोत्सव महायज्ञ २०८१ शिवशक्ति कोटीहोम महायज्ञको बारा जिल्लाका विभिन्न पालिकाका प्रमुखले निरीक्षण गरेका छन्।
कलैया उपमहानगरपालिका प्रमुख विनोद साह, जीतपुरसिमरा उपमहानगरका प्रमुख राजन पौडेल, बारागढी गापाध्यक्ष अशोक जैसवाल, परवानीपुर गापाध्यक्ष रामक्षत्री पटेललगायतको सहभागिता थियो।
फेटा गापाध्यक्ष रूस्तम अन्सारीले पालिकाका प्र्रमुखहरूलाई महायज्ञस्थल निरीक्षण गराएका थिए। विश्रामपुर गापाध्यक्ष जुल्फिकार अलि भुट्टोको अध्यक्षतामा भएको कार्यक्रममा पालिका प्रमुखहरूले महायज्ञ खर्चिलो भएकोले क्षमता अनुसार आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।