प्रस, वीरगंज, ३ माघ/
वीरगंज महानगरपालिका–२९ बसडिल्वामा दलित समुदायका लागि सामुदायिक भवनको शिलान्यास गरिएको छ। बिहीवार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले भवनको शिलान्यास गरे।
शिलान्यास कार्यक्रममा सहभागीहरूले सामुदायिक भवन निर्माणबाट दलित समुदायको सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने बताए।
नगरप्रमुख राजशमान सिंहले दलित समुदायलाई आफ्नो हकअधिकार सुनिश्चित गर्न र सामाजिक गतिशीलता बढाउन भवनले सहयोग पु–याउने बताए।