प्रस, वीरगंज, ३ माघ/
उपकार सेवा नेपालले जगरनाथपुर गाउँपालिका–३ बडगोस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा चापाकल जडान गरेको छ। बिहीवार संस्थाकी अध्यक्ष विद्या सरावगीले चापाकलको उद्घाटन गर्दै १०० जना छात्रछात्रालाई कापी, सीसाकलम, कटरलगायत सामग्री वितरण गरेकी थिइन्।
विद्यालय स्थापना भएको २५ वर्ष बितिसक्दा पनि सो विद्यालयमा खानेपानी धारा जडान नभएपछि समाजसेवी
प्रकाश थारूको पहलमा विद्यालय हाताभित्र चापाकल जडान गरिएको विद्यालयका प्रअ ओमप्रकाश चौधरीले बताए।
कार्यक्रममा उपकार सेवा नेपालकी सदस्य पद्मादेवी सरावगी, अङ्कुर शर्मा, जगरनाथपुर गापा–३ का वडासदस्य हारण राउत गद्दी, शिक्षक मोस्लिम राउत गद्दी, अजय राम, सन्तोष रामलगायतको सहभागिता थियो।