प्रस, वीरगंज, ३ माघ/
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवा ऐन पारित हुने बताएका छन्।
बुधवार मन्त्रालयमा आयोजित कार्यक्रममा ट्रेड युनियनका नेताहरूलाई विश्वस्त तुल्याउँदै उनले बजारमा हल्ला चले अनुसार ट्रेड युनियन महासङ्घ खारेजीको पक्षमा सरकार नरहेको बताए। उनले ट्रेड युनियन अधिकारसहित सङ्घीय निजामती सेवा ऐन जारी हुने बताए।
मन्त्री गुप्ताले निजामती सेवा ऐन जारी गराउन राज्य व्यवस्था समितिमा छलफल गरेको र छलफलमा ट्रेड युनियन खारेज गर्ने कुरा उठेको बताए। उनले हकअधिकारका लागि ट्रेड युनियन जरुरी रहेको र ट्रेड युनियनको अधिकारका साथ यो ऐन आउने दाबी गरे। मन्त्री गुप्ताले आफूले मन्त्रालयको कार्यभार सम्हाल्दादेखि नै निजामती सेवा विधेयकलाई प्राथमिकतामा राख्दै आएको बताउँदै उनले आफ्ना १०० र २०० दिनको प्रगति विवरण तथा प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतामा समेत यो विषयलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिए।