प्रस, वीरगंज, २९ पुस/
लायन्स क्लबका संस्थापक मेल्विन जोनको १४६औं जन्मजयन्ती वीरगंजमा साताव्यापी कार्यक्रम गरी मनाइएको छ । जन्मजयन्तीको समापन समारोहको दिन सात दिने सौन्दर्यीकरण तालीम समापन गरिएको छ ।
तालीम समापन कार्यक्रममा डा लक्ष्मी थापा, आरबी पाण्डे, कविता खड्का, गुड्डी जोशी, आयशा खातुनलगायतको सहभागिता थियो । तालीम लिएका महिलाहरूलाई सीप अनुसारको व्यवसाय गर्न सुझाइएको थियो ।
यस अघि हिजो प्रादेशिक अस्पताल कलैयाका ४० जना बिरामीलाई कम्बल वितरण गरिएको थियो । प्रदीपकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा सुरजित सिंह, बृजकिशोर कलवार, दिलीप चौधरी, राजकुमार साह, मुकेश गुप्ता, श्याम खेतान, मनोज पोद्दार, अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाईंलगायतको सहभागिता थियो ।
यसैगरी, सो अवसरमा हिजो गहवामाई मन्दिर वीरगंजमा ५०० जनालाई चिया खुवाइएको थियो । लायन्स क्लब ग्रीनका उमेश साह कानूको अगुवाइमा भएको कार्यक्रममा आश्मा सिंह यादव, रामबिहारी पाण्डे, विजय कुशवाहा, सुनील गुप्ता, उमेश गुप्ता, प्रकाश उपाध्याय, दिना गुप्तालगायतको सहभागिता थियो ।
यसैगरी, हिजै वीरगंज कपडा बैंकलाई दुई बोरा र एक झोला कपडा हस्तान्तरण गरिएको थियो ।