प्रस, वीरगंज, २९ पुस/
वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा वडा नं २३ मा महिलाहरूलाई दुई महीने सौन्दर्यीकरण तालीम शुरू भएको छ ।
नेपाल सीप विकास परामर्श केन्द्रको आयोजनामा सञ्चालित दुई महीने सौन्दर्यीकरण तालीमको वडाध्यक्ष अवधकिशोर कुशवाहाले उद्घाटन गरेका थिए ।
संस्थाका अध्यक्ष विपिन उपाध्यायको अध्यक्ष्Fतामा भएको उद्घाटनसत्रमा सामाजिक विकास शाखा प्रमुख रेणुका ढकालले महानगरले दुई महीने सौन्दर्यीकरण तालीम आयोजना गरी महिलाहरूलाई आत्मनिर्भर बनाउने प्रयास गरेको बताइन् । उनले सिकेको सीपको प्रयोग गरी वडामा सौन्दर्यपसल थापेर आत्मनिर्भर गराउने महानगरको उद्देश्य रहेको बताइन् ।