प्रस, वीरगंज, २८ पुस/
मदन भण्डारी फाउन्डेशनको मधेस प्रदेश कमिटीले पूर्णता पाएको छ ।

महोत्तरीको बर्दिबासस्थित उद्योग वाणिज्य सङ्घमा शनिवार सम्पन्न प्रदेशस्तरीय बैठकले ५५ सदस्यीय कमिटी गठन गरेको प्रदेश अध्यक्ष राजमहम्मद रायले बताए । उनकै अध्यक्षतामा भएको बैठकले उपाध्यक्ष गणेश प्रसाईं, सचिव रञ्जीतकुमार सिंह, कोषाध्यक्ष अशोककुमार तिवारी, उपसचिव नवराज शर्मालगायत ५५ सदस्यीय कमिटी गठन गरेको हो ।

बैठकको उद्घाटन एमाले स्थायी कमिटी सदस्य एवं मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले गरेका थिए । बैठकमा पोलिटब्युरो सदस्यहरू सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह, अच्युत मैनाली, एमाले अनुशासन आयोग सदस्य दुर्गा दाहाललगायतका नेताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here