प्रस, वीरगंज, २८ पुस/
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटी र प्रभु हस्पिटलको संयुक्त आयोजनामा वीरगंज–१५ भिस्वास्थित नवदीप एकेडेमीमा निश्शुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।
शिविरमा किरण आँखा अस्पतालकी प्राविधिक गुडिया महतो, कविता पोखरेल, राजकुमार भण्डारीलगायतले पिजीदेखि कक्षा ८ सम्मका छ सय विद्यार्थीको आँखा चेकजाँच गर्दा ५० जनाको आँखामा समस्या देखिएको थियो ।
डा लक्ष्मी थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भाइस डिस्ट्रिक गभर्नर रामबिहारी पाण्डे, सिटीका उपाध्यक्ष तथा एकेडेमीका सञ्चालिका सुशीला साहलगायतको सहभागिता थियो ।
यसैगरी, जनमत पार्टी पर्साले वीरगंज महानगरपालिका–७ रामटोलमा आयोजना गरेको निश्शुल्क आँखा शिविरमा २०० जनाले आँखा चेकजाँच गराएका थिए । चेकजाँच गराएकामध्ये १६ जनामा मोतीबिन्दु भेटिएको जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले बताए । उनीहरूको वीरगंज सामुदायिक आँखा केन्द्रमा निश्शुल्क शल्यक्रिया गरिने उनले बताए ।