नरेश यादव, पर्सागढी, २८ पुस/
जिल्ला विपद् व्यवस्थापन समिति, पर्साले आइतवार पर्सागढी नगरपालिका–५ हर्दियाका ८० जना गरीब विपन्न परिवारलाई न्यानो कपडा र जुत्ता उपलब्ध गराएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो सामग्री वितरण गर्दै चीसोबाट जोगिन जिल्लाका गरीब, विपन्न, पिछडिएका परिवारलाई न्यानो कपडा, जुत्ता सहयोग अभियान शुरू गरेको बताए ।

उनले समुदायको मागको आधारमा सामग्रीहरू वितरण गरिने बताए । यसका लागि उनले संयन्त्र तयार गरिएको र सोही संयन्त्रको सिफारिशको आधारमा सम्बन्धित पालिकामा गएर सरोकारवाला व्यक्तिलाई प्रत्यक्ष वितरण गरिने बताए । उनले विपद् राहत वितरणका लागि समितिले एकद्वार प्रणाली अवलम्बन गरेको र यससँग सम्बन्धित सरोकारवाला निकाय, सङ्घसंस्थाहरूलाई तोकिएको मापदण्ड पालना गर्न र एकद्वार प्रणालीलाई सघाउन आग्रह गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्ष्Fक राधेश्याम धिमाल, जिप्रका, पर्साका प्रशासकीय अधिकृत दीपक पटेल, स्टोर प्रमुख ब्रह्मदेवप्रसाद यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here