प्रस, वीरगंज, २८ पुस/
लायन्स क्लबका संस्थापक अध्यक्ष मेल्विन जोनको १४६औं जन्मजयन्तीको अवसरमा लायन्स क्लबसँग आबद्ध संस्थाहरूले आयोजना गरेको साताव्यापी कार्यक्रम अन्तर्गत आइतवार बारा जिल्लाको जीतपुरमा ४० जना बालबालिकालाई शैक्षिक तथा खाद्य सामग्री वितरण गरिएको छ ।
प्रदेशसभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लायन्सका सञ्जय साह, विनय वंसल, ओमकार चाचान, प्रदीप डालमिया, मनोज गुप्तालगायतको सहभागिता थियो ।
यसैगरी, सो अवसरमा वीरगंजस्थित सेस्मी एकेडेमीमा बालबालिकालाई क्यान्सर रोगबारे सचेतना कार्यक्रम गरिएको थियो । अशोक बेरिवालको अध्यक्षतामा आयोजित कार्यक्रममा आसमा सिंह यादव, प्रदीप अग्रवाल, श्याम गुप्ता, पियुष दारुका, उमेश साह कानू, नरोत्तम पाण्डेलगायतको सहभागिता थियो ।