प्रस, सिम्रौनगढ, २७ पुस/
राष्ट्रिय निषाद सङ्घको अगुवा कार्यकर्ता भेला एवं अन्तत्र्रिmया शुक्रवार राति सिम्रौनगढमा सम्पन्न भएको छ।
आदर्श कोतवाल गाउँपालिका–६ पटेर्वा डमारस्थित प्राथमिक विद्यालयको खेलमैदानमा आयोजित कार्यक्रममा राष्ट्रिय निषाद सङ्घका केन्द्रीय नेता विजय निषादले नेपालमा निषाद जातिको एकता पूर्वमन्त्री मेघराज निषादको कार्यकालसम्म कायम रहेको बताए।
उनले मेघराजको निधनपछि निषाद जाति विभाजित भएका र उनीहरूबीच आजसम्म एकता कायम हुन नसकेकोमा चिन्ता व्यक्त गरे। उनले स्थानीय महिला सञ्जीता निषादले जातीय एकताका लागि अहिले चालेको कदममा सबैले साथ दिनुपर्ने बताए। उनले निषाद जातिको उत्थानको विषयमा उनीहरूको हकअधिकारका लागि लडिरहेकी भन्दै उनको यो अभियानमा सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए।
केन्द्रीय अध्यक्ष सञ्जीता निषादको अध्यक्षतामा भएको कार्यक्रममा झापाका लाल सहनी, मोरड्ढा योगेन्द्र मुखिया, धनुषाकी आशा केवट, सिराहाका महेन्द्र मुखिया बिन, सिराहाकी अनीता निषाद, सर्लाहीका रञ्जीत सहनी, रौतहटकी शोभी सहनी, बाराका परमानन्द मुखिया, बुद्धराम मुखिया, सोहराई मुखिया, रौतहटका मनिलाल निषाद, सङ्घका कोषाध्यक्ष सङ्गीता महतो नुनिया र वरिष्ठ नेता सीताराम निषादलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा जीवन मुखियाले स्वागत र सुरेश मुखियाले सहजीकरण गरेका थिए।