प्रस, पोखरिया, २६ पुस/
कालिकामाई गाउँपालिका–५ बिरञ्चीबर्वास्थित दिव्य बचत तथा ऋण सहकारी संस्था लि.को २७औं वार्षिक साधारणसभा पोखरियामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा भएको साधारणसभाको वडाध्यक्ष जयनारायणप्रसाद कुर्मीले उद्घाटन गरेका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष रामाकान्त पटेलले गत आवमा ९४ करोड ५७ हजार ८१६ को आय–व्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा धु्रव महतो, देवनाथ ठाकुर, छठु साह, धर्मेन्द्र चौरसिया, लालबाबू बनिया, उमेश बैठालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत सोनालाल कुर्मीले गरेका थिए ।