प्रस, पंचगावाँ, २६ पुस/
सामाजिक अध्ययन तथा अनुसन्धान समाजको आयोजनामा शुक्रवार वीरगंज महानगरपालिका–४ स्थित सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालयमा सामाजिक विषयका शिक्षकहरूलाई प्रशिक्षण दिइएको छ ।

सामुदायिक विद्यालयका मावि तहका शिक्षक/शिक्षिकाहरूलाई सामाजिक अध्ययन तथा अनुसन्धान समाजका अध्यक्ष महेन्द्र विष्ट र लेखक अर्जुन घिमिरेले सामाजिक विषयको शिक्षणमा देखिने समस्या, समाधानका उपाय तथा नयाँ पाठ्यक्रम, पाठ्यपुस्तक परिवर्तनमा थप्नु, हटाउनु, कम गर्नुपर्ने र सामाजिक अध्ययन तथा अध्यापनको क्रममा देखा परेका विभिन्न समस्या, कठिनाइका साथै त्यसको समाधान, पेशागत अनुकूलनशीलता, लचकता र विकाससम्बन्धी विषयमा आधारित माध्यमिक तह सामाजिक अध्ययन गराउने शिक्षकहरूको बहुआयामिक अध्ययन विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रम सामाजिक अध्ययन तथा अनुसन्धान समाज पर्साका अध्यक्ष मनोज वर्णवालको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here