प्रस, वीरगंज, २५ पुस/
अल्पाइन माध्यमिक विद्यालयका विद्यार्थीहरू भारत, पञ्जाबस्थित ख्यातिप्राप्त चित्कारा विश्वविद्यालयमा नेतृत्व विकाससम्बन्धी तीन दिने कार्यशालामा सहभागी भएका छन् ।

विद्यालयका कक्षा १०, ११ र १२ का ११ जना विद्यार्थी हार्वर्ड विश्वविद्यालयबाट ग्रेजुएट गरेकाहरूले आयोजना गरेको प्रतिष्ठित ‘हार्वर्ड युथ लिड द चेन्ज कार्यशाला’मा सहभागी भएका प्रधानाध्यपक विशाल उपाध्यायले जानकारी गराएका छन् ।

तीन दिने आवासीय उक्त कार्यशालामा हार्वर्ड युनिभर्सिटीबाट स्नातक गरेकाहरूले विद्यार्थीलाई
प्रशिक्षित गर्नेछन् । प्रशिक्षित हुने विद्यार्थीहरूले अमेरिकाको ख्यातिप्राप्त विश्वविद्यालयमा पढ्न पाउने, छात्रवृत्ति पाउने तथा नेतृत्व विकाससम्बन्धी क्षमता अभिवृद्धि हुने प्रअ उपाध्यायले जानकारी गराए ।

जनवरी ८ देखि १० सम्म भइरहेको उक्त कार्यशालामा अनुभवी हार्वर्ड सल्लाहकार तथा नेताद्वारा विद्यार्थीलाई जटिल सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्न र असङ्ख्य अनुभवयुक्त मोड्युलमार्फत नेतृत्व विकाससम्बन्धी तालीम दिने विद्यालयका निर्देशक विनोद उपाध्यायले बताए । उनले परम्परागत नेतृत्व शिक्ष्Fाभन्दा भिन्दै यस कार्यशालामा नरम सीप विकास, विद्यार्थीहरूमा आलोचनात्मक सोच, प्रभावकारी सञ्चार, भावनात्मक बुद्धिमत्ताको सीप परिष्कृष्त गर्न विद्यार्थीहरूलाई कार्यशालामा सहभागी गराएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here