प्रस, वीरगंज, २२ पुस/
मानवसेवा आश्रम, वीरगंजको भवन निर्माणका लागि एकजना दाताले पाँच लाख ११ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । मानवसेवा आश्रम वीरगंजका संयोजक देवेस मानवसेवाले दाताले नाम गोप्य राखेको तर उनी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित रहेको बताए ।

दाताले आज भवन निर्माण समितिका संयोजक प्रकाश थारूलाई चेक हस्तान्तरण गरेका थिए । दाताले दुई लाख ११ हजार रुपैयाँको चेक थारूलाई प्रदान गरेको र बाँकी तीन लाख रुपैयाँ केही दिनमैं दिने बताएको देवेस मानवसेवाले बताए ।

नेपाललाई सडक मानवमुक्त देश बनाउने अभियानमा सक्रिय मानवसेवा आश्रम वीरगंज शाखा अहिले प्रदेशसभा सदस्य रमेश कुर्मीले बनाएको धर्मशालामा सञ्चालित छ । त्यहाँ हाल ५५ जना महिला, पुरुष र बालबालिका आश्रित छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here