प्रस, पंचगावाँ, २२ पुस/
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीको आयोजनामा सोमवार इप्रकाको प्राङ्गणमा शान्ति सुरक्षा सम्बन्धमा अन्तत्र्रिmया सम्पन्न भएको छ ।
इप्रका, पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको अध्यक्षतामा भएको अन्तत्र्रिmयामा सखुवाप्रसौनी र पटेर्वासुगौली गाउँपालिकाका राजनीतिक दलका स्थानीय प्रतिनिधि, शिक्षक, नागरिक समाज, स्थानीय पत्रकारलगायत गाउँलेको सहभागिता थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले पीडितले लेखनदासको सहयोग नलिई प्रहरी कार्यालयमैं प्रहरीले निश्शुल्करूपमा निवेदन लेखिदिने व्यवस्था गर्नुपर्ने माग राखे । इप्रका आउने सेवाग्राहीको प्रहरीले निष्पक्षरूपमा कुरा सुन्नुपर्ने, किसानले भारतबाट बीउबिजन, मलखाद र घर खर्चको लागि खाद्यान्न, लत्ताकपडा ल्याउँदा प्रहरीको अनावश्यक हस्तक्षेप रोक्नुपर्ने, ग्रामीण क्षेत्रमा हेल्मेट नलगाइ मोटरसाइकल चलाउनेलाई कारबाही गर्नुपर्ने, गाउँका युवाहरूलाई दुव्यर्सनबाट जोगाउन सचेतनामूलक कार्यक्रम गर्नुपर्ने जस्ता माग राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका सदस्य प्रमोद यादव, स्थानीय पत्रकार चिरञ्जीवी यादव, रामकिशोर चौधरी, वडाध्यक्ष मोजामिल मियाँ अन्सारी, वासु पञ्जियार, आरिफ मियाँ अन्सारीलगायतको सहभागिता थियो ।