हाटबजार सेड सञ्चालनमा ढिलाइ
![](https://eprateekdaily.com/wp-content/uploads/2025/01/hatbajar1-1024x531.jpg)
प्रस, पंचगावाँ, २१ पुस/ पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुरटाँडीस्थित भुमरीमाई (बुलबुले ताल) नजीक करोड मूल्यको लागतमा निर्माण भएको हाटबजार सेड सात महीना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । गत आव २०८०/८१ को असार मसान्तमा हाटबजार सेडको निर्माण कार्य सम्पन्न भएको थियो । सङ्घ र पालिकाको संयुक्त लगानीमा एक करोड बढीमा पक्की हाटबजार सेड निर्माण सम्पन्न भएको […]
बिपी पार्कमा महानगरले डोजर चलायो
![](https://eprateekdaily.com/wp-content/uploads/2025/01/bp-karkma-1024x736.jpg)
प्रस, वीरगंज, २१ पुस/ वीरगंज महानगरपालिकाले घण्टाघरस्थित बिपी उद्यानको जग्गा खाली गराउन थालेको छ । आइतवार महानगरपालिकाले डोजर प्रयोग गर्दै उद्यान क्षेत्रमा रहेको अवैध अतिक्रमण हटाउन थालेको हो । महानगरपालिकाले यस अघि दुईपटक सूचना जारी गरी जग्गा खाली गराउने प्रयास गरेको थियो । पहिलोपटक गत मङ्सिर २६ गते १५ दिनको समयसीमा दिइएको थियो । उक्त […]
जाडो बढेपछि पालिकाहरूले विद्यालय बन्द गरे
![](https://eprateekdaily.com/wp-content/uploads/2025/01/jado-1024x345.jpg)
प्रमोद यादव, पंचगावाँ, २१ पुस/ पर्सा जिल्लामा पछिल्लो समय चीसो बढेसँगै पालिकाहरूले धमाधम जाडो बिदा दिन थालेका छन् । एक सातादेखि बाक्लो कुहिरो लाग्ने, पश्चिमी हावा चलेर चीसो बढेपछि पालिकाहरूले आइतवारदेखि वर्षे बिदामा कट्टा हुनेगरी जाडो बिदा घोषणा गर्न थालेका हुन् । कालिकामाई गापाले सबैभन्दा पहिले पुस २१–२५ गतेसम्म पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूको […]
जिल्लास्तरीय केरा जोन समन्वय समिति गठन
![](https://eprateekdaily.com/wp-content/uploads/2025/01/jillastariy-1024x439.jpg)
प्रस, निजगढ, २१ पुुस/ जिल्लास्तरीय केरा जोन समन्वय समिति बाराको संयोजकमा निजगढका हीराबहादुुर थापामगर सर्वसम्मत चयन भएका छन् । उक्त समितिका सदस्यहरूमा भगौडीदेवी थरुनी, विष्णु नेपाल, कादम्बरी चौलागाईं, निर्मल केसी, हरि चौलागाईं, मानबहादुर श्रेष्ठ, माधव न्यौपाने, अम्बर मगर सर्वसम्मत चयन भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, बारा अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा […]
लाखौंको धनमाल चोरी
![](https://eprateekdaily.com/wp-content/uploads/2025/01/lakhaunko-1024x612.jpg)
प्रस, परवानीपुर, २१ पुस/ वीरगंज महानगरपालिका–२२ जगरनाथपुर निवासी उमेश साह तेलीको पक्की घरमा गएराति नगद र गरगहना चोरी भएको छ । तेलीका अनुसार उनको घरबाट नगद एक लाख ५० हजार रुपैयाँ, सुनका दुईवटा सिक्री र चारवटा औंठी चोरी भएको छ । नगद एक लाख ५० हजार र सुनका पाँच तोला गहना चोरी भएको तेलीले बताए […]
एकै रात तीनवटा घरमा चोरी
![](https://eprateekdaily.com/wp-content/uploads/2025/01/ekai-rat.jpg)
प्रस, रौतहट, २१ पुस/ माधवनारायण नगरपालिकाका तीनजनाका पक्की घरमा चोरी भएको छ । माधवनारायण नगरपालिका–६ माधोपुरमा गएराति मध्य रातको समयमा चोरले सुरुङ कोडेर स्थानीय जगरनाथराय यादव, रामबाबूराय यादव र नेमीलाल रायको घरमा चोरी गरेको प्रहरीले जनाएको छ । बाक्लो हुस्सु परेर चीसो बढेको अवसर छोपी चोरहरूको समूहले तीनवटा पक्की घरमा सेन कोडेर नगद, गरगहना, लत्ताकपडा […]
पटेल जङ्गलमा मृत फेला
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/prateek-logo-1024x759.jpg)
नरेश यादव, पर्सागढी, २१ पुस/ पर्सागढी नगरपालिका–४ हरदासपुर निवासी ४५ वर्षीय ह्देश पटेल जङ्गलमा मृत फेला परेका छन् । घरपरिवारले हिजो शनिवार बिहान १० बजे घरबाट खाना खाएर दाउरा लिनका लागि जङ्गल पसेका पटेल आइतवार बिहान राष्ट्रिय वनको ढोडियामाई भन्ने स्थानमा मृत अवस्थामा फेला परेका बताए । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट मृत्युबारे जानकारी प्राप्त हुन नसकेको […]
आरोपी थिएँ, कसूरवार होइन –मन्त्री जयसवाल
![](https://eprateekdaily.com/wp-content/uploads/2025/01/aaropi-thiyen.jpg)
प्रस, वीरगंज, २१ पुस/ मधेस प्रदेश सरकारका खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले आइतवार पत्रकार सम्मेलन गरी आफूलाई केही पत्रकारले नियोजितरूपमा बदनाम गर्ने प्रयास गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री जयसवालले केही पत्रकारले आफूलाई पेशेवर अपराधीको दर्जा दिएर समाचार प्रकाशन गरी मानमर्दन गर्ने प्रयास गरेकाले उनीहरूविरुद्ध […]
निश्शुल्क आँखा शिविर, ३४ जनामा मोतीबिन्दु
![](https://eprateekdaily.com/wp-content/uploads/2025/01/nishshulk.jpg)
प्रस, वीरगंज, २१ पुस/ जनमत पार्टी पर्साको आयोजनामा आइतवार वीरगंज महानगरपालिका–१६ इनर्वामा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ । इनर्वास्थित संसारीमाई धर्मशालामा आयोजित शिविरमा १४० जनाको आँखा परीक्षण गरिएकामा ३४ जनामा मोतीबिन्दु फेला परेको जनमत पार्टी, पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए । उनले मोतीबिन्दु फेला परेकाहरूलाई आगामी शनिवार वीरगंज सामुदायिक आँखा अस्पतालमा निश्शुल्क शल्यक्रिया गरिने […]
वीरगंजमा ललितको जादु चल्दा आर्मी १२१ मैं आउट
![](https://eprateekdaily.com/wp-content/uploads/2025/01/birgunjma-1-1024x686.jpg)
प्रस, परवानीपुर, २१ पुस/ नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आइतवारदेखि मधेस प्रदेशमा जय ट्रफी मेन्स एलाइट कप शुरू भएको छ । वीरगंज र जनकपुरमा आयोजना भइरहेको प्रतियोगिताको औपचारिकरूपमा उद्घाटन हुँदै प्रतियोगिता शुरू भएको हो । वीरगंजको नारायणी क्रिकेट ग्राउन्डमा जारी दुई दिवसीय पहिलो लिग म्याच अन्तर्गत नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबबीच खेल भइरहेको छ […]