प्रमोद यादव, वीरगंज, १८ पुस/
नेपाल पत्रकार महासङ्घ, पर्सा र वीरगंज कलेज श्रीपुरबीच बिहीवार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कलेजले शैक्षिक क्ष्Fेत्र सुधारका लागि पर्सा जिल्लामा पत्रकारिता गर्दै आएकाहरूलाई सो विषयमा अध्ययनको व्यवस्था मिलाउने सम्झौता गरेको हो ।
पत्रकारिता अध्ययन गर्न इच्छुक सञ्चारकर्मीहरूलाई कलेजले प्रतिवर्ष रु ५००० र कक्षा ११–१२ मा अध्ययन गराउने सहमतिपत्रमा उल्लेख छ । पत्रकारले राष्ट्रिय परीक्ष्Fा बोर्डले तोकेको रजिस्टे«शन, परीक्ष्Fा शुल्क, प्रमाणपत्र वहन गर्नुपर्ने उल्लेख छ ।
आज भएको समझदारीपत्र अनुसार चालू शैक्षिक सत्रदेखि तीन शैक्षिक सत्रसम्म सम्झौता लागू हुने र त्यसपछि दुवै पक्षको सहमतिमा थपघट गर्न सकिने उल्लेख छ । कलेजतर्पmबाट डा दीपेन्द्रकुमार चौधरी र महासङ्घ, पर्साको तर्पmबाट अध्यक्ष ओमप्रकाश खनालले हस्ताक्षर गरेका छन् । महासङ्घ, पर्सा शाखामा बिहीवार कार्यक्रमको आयोजना गरी सम्झौतापत्रमा हस्ताक्ष्Fर गरिएको थियो ।