प्रस, वीरगंज, १८ पुस/
सखुवापरसौनी गाउँपालिकामा दलित अगुवाहरूको भेला सम्पन्न भएको छ । भेलाले दलित अगुवा हरिलाल रामको अध्यक्ष्Fतामा दलित दबाब समूह गठन गरेको छ ।

दलित समुदायको सामाजिक न्याय, स्वतन्त्रता, रूपान्तरण, शिक्ष्Fा, राजनीतिमा पहुँच र राजनीतिक नेतृत्वबारे भेलामा छलफल गरिएको थियो । सखुवापरसौनी गापामा दलित समुदाय सबै क्ष्Fेत्रबाट वञ्चित रहेकोले अधिकारको लागि सङ्घर्ष गर्न दबाब समूह गठन गरिएको बताइएको छ । दलित समुदायबाट २०८४ मा हुने निर्वाचनमा वडाध्यक्षमा दलित समुदायका उम्मेदवार बनाउने, उनीहरूको आत्मबल बढाउने, सबै वडामा पहुँच अभिवृद्धि गर्ने र आजैको दिनदेखि दलितहरूबीच एकता अभियान सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो ।

सखुवापरसौनीमा २०७४ को चुनावमा दलित समुदायको सहभागिता नभएको, केही वडामा अध्यक्षको लागि उम्मेदवारी दिंदा चुनावी परिणाम न्यून भएको, यसैगरी २०७९ को निर्वाचनमा पनि सोही परिणाम भोग्नुपरेकोले आगामी चुनावमा पनि पुरानै अवस्थाको पुनरावृत्ति नहोस् भनेर दलित अगुवाहरूको भेलाले जातीय एकता बनाउने विषयमा छलफल भएर समिति गठन भएको पिस फर दलित्स फाउन्डेशन नेपालका अध्यक्ष मनोज रामले बताए । भेलाको सहजीकरण रामले नै गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here