प्रस, वीरगंज, १८ पुस/
उपकार सेवा नेपालले वीरगंज महानगरपालिका–३१ लक्ष्मीपुरस्थित नेपाल रेडक्रस आधारभूत विद्यालयलाई १० सेट बेन्च–डेस्क सहयोग गरेको छ ।
शिवशक्ति घ्यू उद्योग प्रालिको सहयोगमा संस्थाकी अध्यक्ष विद्यादेवी सरावगीले अध्यक्ष्F एवं वडाध्यक्ष जीतेन्द्रप्रसाद यादवलाई बेन्च डेस्क हस्तान्तरण गरेकी थिइन् । वडाध्यक्ष यादवले सो अवसरमा बेन्च डेस्क सहयोग गरेबापत संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा पद्मादेवी सरावगी, सुमन बगेडिया, अङ्कुर शर्मा, शिवशक्ति घ्यू उद्योगका प्रालिका प्रशासकीय प्रमुख नवलकिशोर सिंह, सामाजिक अभियन्ता प्रकाश थारू, प्रअ लक्ष्मणप्रसाद साह, स्थानीय समाजसेवी बालेश्वर गौरोलगायतको सहभागिता थियो ।