प्रस, भिस्वा, १८ पुस/
छिपहरमाई गाउँपालिकाको कार्यालय अगाडि स्थानीय सङ्घर्ष समितिले पुस १४ गतेदेखि शुरू गरेको धर्ना आज पाँचौं दिन पनि जारी रह्यो ।

स्थानीय सङ्घर्ष समितिले पुस ७ गते छिपहरमाई गापामा सात वर्ष अवधिमा भएका विकास निर्माणलगायत कार्यहरूको विवरण माग गरेको र सो विवरण उपलब्ध नगराएको विरोधमा दुई घण्टा धर्ना कार्यक्रम गर्दैआएका छन् ।

बिहीवार पनि गापा अगाडि दिउँसो १२ बजेदेखि २ बजेसम्म धर्ना कार्यक्रम जारी रह्यो । सङ्घर्ष समितिले माग गरेको विवरण उपलब्ध नहुन्जेल धर्ना जारी रहने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here