प्रस, वीरगंज, १७ पुस/
अङ्ग्रेजी नयाँ वर्षको दिन बुधवार जनमत पार्टीका नेता कार्यकर्ताले राष्ट्रिय धोती दिवस मनाएका छन् ।

धोती, कुर्ता र गम्छाको पहिरन लगाएर बिहान घण्टाघर चोकमा भेला भएका जनमत पार्टीका कार्यकर्ताले -याली निकालेर नगर परिक्रमा गरेका थिए ।

-यालीपछि घण्टाघरचोकमा आयोजित कोणसभामा बोल्दै जनमत पार्टीका पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले धोती मधेसीको पहिचान मात्र नभई सांस्कृतिक धरोहर पनि भएकोले यसलाई राष्ट्रिय पोशाकको रूपमा मान्यता दिलाउनुपर्ने बताए ।

उनले नेपाल बहुभाषिक र बहुसांस्कृति देश भएकोले एउटा समुदायविशेषको पहिरन र पोशाकलाई मात्र राष्ट्रिय पोशाकका रूपमा बढावा दिइएकोले त्यसलाई तोड्न हरेक वर्ष जनवरी १ तारिखमा राष्ट्रिय धोती दिवस मनाउँदै आएको बताए ।

उनले धोतीकुर्तालाई पनि राष्ट्रिय पोशाकका रूपमा राज्यले मान्यता दिनुपर्ने बताए । कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य सिपु तिवारी, कार्यकारिणी सदस्य माधव सिंह, विद्यालालप्रसाद, रम्भा मिश्रा, नजमा खातुनलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here