बेइजिङ, १६ पुस/एएफपी
चिनियाँ राष्ट्रपति सी जिनपिङले आप्mना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई नयाँ वर्षको सन्देशमा ‘विश्व शान्ति’ प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारी प्रसारक सिसिटिभीका अनुसार सीले भने–“अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन भएपनि चीन सुधारलाई थप व्यापक बनाउन र विश्व शान्ति तथा विकास प्रवद्र्धन गर्न दृढ रहनेछ ।”

सन् २०२२ फेब्रुअरीमा छिमेकी युक्रेनमा पुटिनले पूर्ण आक्रमण गरेपछि चीनले संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरूविपरीत आपूmलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गर्न खोजेको छ ।

तर चीन रूसको घनिष्ठ राजनीतिक र आर्थिक साझेदार बनेको छ । युद्धलाई बेइजिङले कहिल्यै निन्दा गरेको छैन ।

सिसिटिभीका अनुसार सीले पुटिनलाई भने–“एक शताब्दीमा नदेखिएका तीव्र विकासोन्मुख परिवर्तनहरू र अशान्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै चीन र रूस गुटनिरपेक्षता, गैर–टकराव र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने सही मार्गमा निरन्तर हातेमालो गर्दै अघि बढेका छन् ।”

दुवै राष्ट्रपतिबीच बलियो व्यक्तिगत सम्बन्ध छ । सीले रूसी समकक्षीलाई आप्mनो ‘सबैभन्दा असल मित्र’ भनेका छन् भने पुटिन उनलाई आप्mनो ‘भरपर्दो साझेदार’ मान्छन् ।

युक्रेनमा रूसको युद्धले प्रदर्शित गरे जस्तै पश्चिमी देशहरूसँग बढ्दो तनावको एक दशकका बावजूद उनीहरूको सम्बन्ध स्थिर रहेको छ ।

सिसिटिभीका अनुसार ‘दुई देशबीचको सम्बन्धमा नयाँ महŒवपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्दै’ सन् २०२४ मा चीन र रूसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वार्षिकोत्सव भएको कुरा सीले उल्लेख गरे ।

“साढे तीन दशकको उकालो– ओरालोपछि, चीन–रूस सम्बन्ध अझ परिपक्व र स्थिर बन्दै गएका छन्”– सीले भने । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here