प्रमोद यादव, पंचगावाँ, १५ पुस/
अङ्ग्रेजी नयाँ वर्षमा पर्यटक भिœयाउन पर्सा जिल्लाका विभिन्न पालिकाहरूले तयारी थालेका छन् ।

सन् २०२४ लाई बिदा दिने र २०२५ लाई स्वागत गर्ने क्रममा पर्सा जिल्लाको ठोरी गाउँपालिकामा सबैभन्दा बढी भारतीय तथा आन्तरिक पर्यटकहरूको चाप बढ्ने गरेको छ ।

यो पालिकामा भारतका विभिन्न स्थानबाट नयाँ वर्ष मनाउन मानिसहरू आउने गर्छन् । अङ्ग्रेजी नयाँ वर्षका साथै ठोरीमा छठ, होलीलगायत पर्वका सार्वजनिक बिदाहरूमा भारतीय पर्यटक तथा आन्तरिक पर्यटकहरूको अत्यधिक भीड हुने गर्छ । यसो त अहिले ठोरीमा आन्तरिक पर्यटकहरूको आवागमन बा¥है महीना बढेको छ ।

पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन, सर्लाही, जनकपुर, काठमाडौं लगायतका क्षेत्रबाट मानिसहरू ठोरीमा रमाउन आउने गरेका छन् । ठोरीका पाँच स्थानमा पर्यटकहरूको भीड हुन्छ । राईधारा, सीतागुफा, बागमोर्चामाई, शिवमन्दिर, घ्याङडाँडा, बुद्ध मन्दिरका साथै महादेव मन्दिर, कृष्ण मन्दिर आदिमा पर्यटकहरूको आवागमन बढेको छ र आउँदो अङ्ग्रेजी नयाँ वर्षमा यो ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । ठोरी गापाको सुवर्णपुरमा मधेस प्रदेशकै पहिलो होमस्टे छ । यसले पनि ठोरीमा पर्यटकहरूको आवागमन बढेको हो ।

ठोरी गापा उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले ठोरीका पाँचै स्थानमा पर्यटक भिœयाउने गरी अङ्ग्रेजी नयाँ वर्षमा पनि गापाले तयारी गरेको बताइन् । उनले धार्मिक पर्यटकसमेतलाई लक्षित गरेर धर्मशाला, खानेपानी, बिजुलीबत्ती, पिकनिक स्पटबारे पालिकाले विशेष ध्यान दिंदै आएको बताए । उनले राईधारामा सबैभन्दा बढी पर्यटकहरूको आगमन हुने हुँदा त्यहाँ दैनिक दुईजना हेरालुलाई राखेर सफाइ गर्दै आएको बताइन् ।

पर्सा जिल्लाको ठोरीबाहेक जीराभवानी, पर्सागढी, पटेर्वासुगौलीका धार्मिक स्थलहरू तथा पिकनिक स्पटमा मानिसहरूको आवागमन हुने गरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज रहेको पटेर्वासुगौलीको दुग्धेश्वर महादेव मन्दिर रामभौरी भाठामा बर्सेनि मेला लाग्छ र त्यहाँ मेला भर्नको लागि भारतीय पर्यटकका साथै आन्तरिक पर्यटकहरू ठूलो सङ्ख्यामा आउने गर्छन् । अन्य बखत यो स्थानमा आवागमन हुँदैन । मेलाको बेलामा मात्र निकुञ्जले आवागमन खुला गर्ने गरेको छ ।

पटेर्वासुगौलीको गादीमाई मन्दिरमा पनि पिकनिक गर्न मानिसहरू आउँछन् । पर्सागढी नपाका कोइलाभारमाई मन्दिर र आमोदेवीमाईमा मानिसहरू पिकनिक र घुम्नको लागि आउने गर्छन् । जङ्गल क्षेत्रसँग जोडिएको हुँदा यी ठाउँमा आन्तरिक पर्यटकहरूको आवागमन बढी हुने गरेको छ । सार्वजनिक बिदा र पर्वमा यो ठाउँमा भारतबाट पनि मानिसहरू पिकनिक गर्न आउँछन् । स्थानीय पालिकाले पिकनिक, वनभोज गर्नेहरूको लागि उचित व्यवस्थापन गर्न नसक्दा पर्यटकहरूको सङ्ख्या बढ्न नसकेको स्थानीयहरू बताउँछन् ।

विशेषतः सरसफाइको मामिलामा जङ्गल क्षेत्रसँग जोडिएका यी स्थान कमजोर देखिएका छन् । पिकनिक स्पटदेखि निकै टाढा बजार भएका कारण यहाँ आउने पर्यटकहरूलाई समस्या हुने गरेको छ । पर्सागढी नपाका प्रमुख गोकर्ण पाठकले कोइलाभारमाई र आमोदेवीमाईमा सरसफाइ, बिजुलीबत्ती, डस्टबिन, शौचालयको व्यवस्थापन भएको बताउँछन् । उनले केही व्यवस्थापकीय कमजोरीलाई समिति बनाएर सुधार गर्दै गएको बताए । उनले धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रलाई नगरपालिकाले स्थानीयको सहयोगमा व्यवस्थित गर्दै जाने बताएका छन् ।

पटेर्वासुगौली गापा अन्तर्गत भुमरीमाई (बुलबुले ताल), शिव मन्दिर, काली मन्दिरलगायतका स्थानमा पिकनिक र वैवाहिक कार्यक्रम गर्नेगरी धर्मशाला, विवाहमण्डप बनाइएका छन् तर शौचालय र सफाइको उचित व्यवस्थापन नहुँदा यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पनि खासै पर्न सकेको छैन । भुमरीमाई पर्यटकीय विकास समितिका अध्यक्ष्F कुमार बस्नेतले सफाइ, शौचालयलगायतको व्यवस्थापकीय काम आर्थिक समस्याका कारण कमजोर भएको र यो काममा पालिकाको ध्यानाकर्षण गराइएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here