प्रस, वीरगंज, १५ पुस/
जिल्ला प्रशासन कार्यालय, पर्साको सहकार्यमा जीराभवानी गाउँपालिकाले सोमवार जिल्लामा रहेका सरकारी कार्यालयहरूबाट प्रदान गरिने सेवाहरूलाई अझ बढी प्रभावकारी बनाउने विषयमा गाउँलेहरूसँग छलफल, अन्तक्र्रिया गरेको छ ।

पर्सा जिल्लामा रहेका तर वीरगंज महानगरपालिका केन्द्रित सरकारी कार्यालयहरू जिल्ला प्रशासन, प्रहरी, भूमिसुधार तथा मालपोत, नापी, नारायणी अस्पताल, कृषि ज्ञान केन्द्रलगायतबाट प्रदान हुँदै आएका सेवाहरूलाई अझ बढी प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा जीराभवानी, पटेर्वासुगौलीका गापाध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृतसँग राय–सल्लाह, सुझाव लिइएको थियो ।

प्रजिअ गणेश अर्यालले सरकारी कार्यालयहरूबाट प्रदान गरिने सेवाहरूलाई कसरी अझ बढी प्रभावकारी बनाउने र आम नागरिकले ती सेवाहरू छिटोछरितो प्राप्त गर्न सकून् भन्ने उद्देश्यले अन्तक्र्रिया आयोजना गरिएको बताए । उनले गापास्तरमा सेवाबारेमा सुधारका कुराहरू आउन सक्ने भएर गापामा कार्यक्रम गरिएको बताए । सहभागी जनप्रतिनिधिहरूले सरकारी सेवा पाउने क्रममा गापावासीले भोग्दै आएका समस्याहरू र त्यसको निराकरणका लागि सुझाव दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here