सुग्रीव साह, भिस्वा, १४ पुस/
छिपहरमाई गाउँपालिका कार्यालयअगाडि आइतवार स्थानीयहरूले दुई घण्टा धर्ना दिएका छन् । यही पुस ७ गते स्थानीय सङ्घर्ष समितिले गापाले गरेका कार्यहरूको सूचना माग गरेको थियो ।
सात दिन बित्दा पनि सूचना उपलब्ध नगराएको भन्दै आज दुई घण्टा धर्ना दिइएको थियो । सङ्घर्ष समितिले सात वर्षको आर्थिक, सामाजिक विकासका योजनाहरू सार्वजनिक गर्नुपर्ने, सौर्य सिंचाइ प्रणाली योजना, कन्यादान, छोरी बीमा, बर्थिङ सेन्टर निर्माणलगायत खरीद प्रक्रियाका कामहरूको विवरण माग गरेका थिए ।
२०७५–२०८१ सम्मका विवरण सात दिनभित्र उपलब्ध नगराएको भन्दै आज दुई घण्टा धर्ना दिइएको हो ।