प्रस, पंचगावाँ, १४ पुस/
नेपाल राष्ट्रिय आधारभूत विद्यालय पर्सागढी नगरपालिका–७ टिकुलियामा बालविकास र कक्षा १ देखि ८ सम्म २७५ जना विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक मनोज यादवले बताए । प्रअ यादवले निमावि तह कक्षा ८ सम्म अध्ययन भइरहेकामा निमावि तहमा शिक्षकको दरबन्दी नभएकोले प्राथमिक तहका दरबन्दीका शिक्षकको भरमा कक्षा ८ सम्म अध्यापन भइरहेको जानकारी गराएका छन् ।
उनले पर्सागढी नपा कार्यालयलाई विद्यालय भवन, शैक्षिक सामग्री अभाव, ह्वाइटबोर्ड नभएको र खेलकूद सामग्रीहरूको अभाव रहेको बारेमा पटक–पटक जानकारी गराउँदै आएको तर नगरपालिकाले अहिलेसम्म व्यवस्थापन नगरेकोले विद्यालय सञ्चालनमा समस्या भइरहेको बताए ।
विद्यालयमा विषयगत शिक्ष्Fकहरूको अभाव रहेको र ह्वाइटबोर्ड नहुँदा अध्ययनमा समस्या भइरहेको छात्रा मनीषा कुमारीले बताइन् । प्रअ यादवले विषयगत शिक्षकको अभाव रहेको कारण प्रावि तहका शिक्ष्Fकहरूलाई निमावि तहमा खटनपटन गराएर काम चलाउँदै आएको बताए ।
पर्सागढी नपा शिक्ष्Fा शाखा प्रमुख देव गिरीले विषयगत शिक्ष्Fकको हकमा विचारविमर्श भइरहेको र विद्यालयमा निमावि तहको लागि दुई कोठे भवन थप गरिएको बताए । उनले करारमा रहेका यस अघिका प्रअले शैक्षिक सामग्री बुझेको तर उनले बुझबुझारथ नगरेर गएको आरोप लगाए ।