प्रस, निजगढ, १४ पुस/
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बलबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
बैठकमा सीमा सुुरक्षा, अपराध नियन्त्रण तथा रोकथाम, लागूऔषध नियन्त्रण, सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणलगायतका विषयमा छलफल भएको थियो । बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले सीमा अपराध नियन्त्रणका लागि सूचनाको आदानप्रदान तथा नियमित समन्वय तथा सहकार्य अपरिहार्य रहेको बताए । उनले नयाँ प्रकृतिका आपराधिक गतिविधिलाई समेत समयमा पहिचान गरी आपसी समन्वयमा समाधान गर्दै लैजानुुपर्नेमा जोड दिएका थिए ।
भारतीय सशस्त्र सीमा सुरक्षा बलको सेक्टर हेडक्वार्टर मुजफ्फरपुुरका डिआइजी दीपक कुमारले दुवै सुुरक्षा फौजले गर्दै आइरहेका संयुुक्त गस्तीका क्षेत्रहरू बढाउँदै लैजानुु उपयुक्त हुने तथा सीमा अपराध नियन्त्रण एवं दुवै क्षेत्रमा हुने सानोभन्दा सानो घटनाबारे एकापसमा जानकारी हुुने अवस्थालाई अझै प्रभावकारी बनाइ अघि बढाउनुुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपालका तर्फबाट छिन्नमस्ता वाहिनीका सहायक वाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सूूर्यबहादुुर सेन, पर्सा, धनुुषा र बाराका गणपतिलगायत अधिकृतहरूको सहभागिता थियो । यसैगरी, भारतको तर्फबाट सेक्टर हेडक्वार्टर पूर्णियाका डिआइजी राजेश टिङ्कूू र सेक्टर हेडक्वार्टर बेतियाका डिआइजी एस सुुब्रमन्यम, बटालियन कमान्डेन्टहरूको सहभागिता थियो । बैठक छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीमा भएको थियो ।