प्रस, वीरगंज, १३ पुस/
नेपाली काङ्ग्रेसको सय दिने विशेष अभियान अन्तर्गत शनिवार वीरगंज महानगरपालिका–३० लालपर्साको प्रसुतीपुरमा तेस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले २०८४ सालको आमनिर्वाचनमा नेकाले कुनै पनि दलसँग गठबन्धन नगर्ने र एक्लै निर्वाचन लड्ने बताए ।

उनले एक्लो बहुमत ल्याउने नेकाको अभियान रहेको र यसमा सबै नेता, कार्यकर्ताहरू एकजुट भएर लाग्न आग्रह गरे । उनले पार्टीबाट चुनाव लडेकाविरुद्ध अन्तर्घात गर्ने, बागी हुने परम्परालाई हटाउनुपर्ने बताए ।

पूर्वमन्त्री एवं सांसद रमेश रिजालले अहिले गठबन्धनमा एमालेसँग सहकार्य गर्नुपरेको तर आगामी निर्वाचनमा नेका एक्लै चुनावमा होमिने बताए । उनले एमालेसँग मुख्य प्रतिस्पर्धा हुने भएकोले सोही अनुसारको तयारीमा लाग्न आग्रह गरे ।

केन्द्रीय सदस्य अनिल रूँगटाले वीरगंज महानगरपालिकालगायत पर्सामा गठबन्धनको कारण काङ्ग्रेस कमजोर देखिएको र आगामी दिनमा महानगरसमेत जिल्लाका अधिकांश क्षेत्रमा नेका विजयी हुने दाबी गरे । उनले अभियानले नेकाप्रति आमजनताको भ्रम चिर्ने कार्य गरेको र यसले चुनावमा सफलता पाउने आधार बलियो बनेको बताए ।

नेका पर्साका उपसभापति रामनारायण कुर्मीले नेकाभित्र समस्या पहिचान गरी सोको निराकरण गरिनुपर्ने सुझाए । अहिले पार्टीमा रहेका विवादलाई पनि अभियानकै क्रममा निराकरण गरिए महŒवपूर्ण उपलब्धि हासिल हुने जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here