प्रस, वीरगंज, १३ पुस/
समाज सेवाको आयोजनामा शनिवार नारायणी अस्पताल वीरगंजमा निश्शुल्क भोजन कार्यक्रम सम्पन्न भएको छ ।
अस्पतालमा भर्ना भएका बिरामी, कुरुवाहरूका साथै दीनदुःखीहरूलाई निश्शुल्क भोजन खुवाउने योजना अन्तर्गत आज ३३औं हप्ताको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको समाज सेवाका सचिव प्रकाश बाहेतीले बताए । उनले प्रत्येक साता शनिवार भोजनका लागि करीब ५० हजार खर्च भइरहेको र ४५० बढीले भोजन गर्दै आएको बताए । उनले आज करीब पाँच सयले भोजन गरेको बताए । यसैबीच, वीरगंज महानगरपालिका–५ की वडा सदस्य सञ्जु दाहालले निश्शुल्क भोजन कार्यक्रममा तीन हजार सहयोग गरेकी थिइन् ।