प्रस, रौतहट, १२ पुस/
शिक्षक सरुवाको विषयलाई लिएर बिहीवार गरुडा नगरपालिका कार्यालयमा विद्यार्थीहरूले तोडफोड गरेका छन् ।
अनियमित तरीकाबाट प्रधानाध्यापक प्रभु पटेल र शिक्ष्Fक शिवशङ्कर झाको सरुवा गरिएको आरोप लगाउँदै विद्यार्थीहरूले हिजो नगरपालिका कार्यालय तोडफोड गरेका हुन् ।
मावि गरूडामा अध्ययनरत विद्यार्थीहरूको ढुङ्गामुढा प्रहारबाट नगरप्रहरी रामनारायण साह घाइते भएका छन् ।
नगरपालिकाको झ्यालको सीसा फुटेको छ भने नगरप्रमुख कन्थमणि जयसवाल चढ्ने ना.१झ १६७३ नम्बरको पिकअप गाडीमा पनि क्षति पुगेको छ । विद्यार्थीहरूले प्रअ र शिक्ष्Fकको सरुवा गर्दा नगरपालिकाले विधि प्रक्रिया नपु¥याएको आरोप लगाएका छन् ।
यस अघि मङ्सिर २ गते शिक्षक सरुवाको विषयलाई लिएर नगरप्रमुख जयसवालको घरअगाडि घम्साघम्सी भएको थियो । नगरप्रमुखले हचुवाको आधारमा शिक्ष्Fकहरूको सरुवा गर्दै आएको आरोप छ ।