प्रस, वीरगंज, १२ पुस/
एम्नेस्टी इन्टरनेशनल वीरगंज समूह १६ को आयोजनामा साउथ सिटी हिमाल नर्सिङ होम वीरगंजमा शुक्रवार मानव अधिकारसम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कपडा बैंक वीरगंजका सल्लाहकार एवं नेपाली काङ्ग्रेसका नेता प्रकाश उपाध्यायले प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका थिए । उनले संयुक्त राष्ट्रसङ्घद्वारा १९४८ डिसेम्बर १० मा पारित मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा तथा मौलिक अधिकारबारेमा एम्नेस्टी इन्टरनेशनलले अहिलेसम्म मानव अधिकारको पक्षमा गहकिलो कार्य गर्दै आएको बताए ।
एम्नेस्टीका पूर्वअध्यक्ष राजेश बोथराले एम्नेस्टीको इतिहासबारेमा जानकारी गराएका थिए । कार्यक्रममा प्रेमशङ्कर सिंह, रजनीश झालगायतले हिमाल नर्सिड्ढा विद्यार्थीहरूलाई मानव अधिकारबारे प्रशिक्ष्Fण दिएका थिए । कार्यक्रमको सहजीकरण एम्नेस्टी पर्साकी सङ्गीता पटेलले गरेकी थिइन् ।