पोखरिया नगरपालिका र सो आसपास क्षेत्रका बासिन्दाका लागि पछिल्लो समय खुशीका दुई ठूला खबरले उत्साह थपेको छ । सङ्घीय मन्त्रिपरिषद्ले पोखरियामा भूमिसुधार तथा मालपोत र मेन्टेनेन्स नापी कार्यालयका सेवाकेन्द्र स्थापना गर्ने र पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । यी दुई निर्णयले स्थानीय जनताको सेवा पहुँचमा सुधार ल्याउनुका साथै उनीहरूका पुराना माग र अपेक्षालाई सम्बोधन गरेको छ । पोखरिया पर्सा जिल्लाको दोस्रो सदरमुकामका रूपमा चिनिन्छ । यसको आफ्नै महŒव हुँदाहुँदै पनि राज्यले यस क्षेत्रलाई लामो समयसम्म बेवास्ता गर्दै आएको थियो । यस क्षेत्रमा सरकारी सेवाको पहुँच सीमित थियो, जसले यहाँका नागरिक सानो कामका लागि पनि सदरमुकाम वीरगंज धाउन बाध्य थिए । मालपोत र नापी कार्यालयजस्ता सेवाका लागि पोखरिया आसपासका ग्रामीण क्षेत्रका नागरिकले समय र धन दुवै खर्च गर्नुपथ्र्यो । स्वास्थ्य सेवाको कुरा गर्दा पोखरिया अस्पतालले सीमित साधनस्रोतका कारण नागरिकका आकाङ्क्षालाई पूरा गर्न सकेको थिएन । पछिल्लो निर्णयले यो क्षेत्रको सेवाप्रवाहमा गुणात्मक सुधार आउने विश्वास गरिएको छ ।

पोखरिया नगरपालिका हाल सङ्घीय सत्तारूढ पार्टी एमालेको प्रभावमा छ । त्यसैगरी, सोही क्षेत्रबाट निर्वाचित सांसद राजकुमार गुप्ता सङ्घीय सरकारमा महŒवपूर्ण मन्त्रालय सम्हालिरहेका छन् । प्रदेश सरकारमा यस क्षेत्रकै दुईजना मन्त्री छन् । यसपटक सत्तामा भएको यो बलियो पहुँचले पोखरियाका पुराना माग पूरा गर्न सहयोग पुगेको छ । सरकारी सेवाकेन्द्र स्थापना र अस्पताल स्तरोन्नतिजस्ता निर्णय केवल नागरिक दबाबका कारण मात्र सम्भव थिएन । यसमा सत्ताको पहुँचले महŒवपूर्ण भूमिका खेलेको छ । यसले पोखरियाका मतदातालाई सत्ताको महŒव र पहुँचको प्रभावबारे नयाँ अनुभूति दिएको छ । भूमिसुधार तथा मालपोत र नापी कार्यालयका सेवाकेन्द्र स्थापनाले नागरिकका लागि सहजता ल्याउने निश्चित छ । उक्त सेवाकेन्द्रले नजीकैका ग्रामीण भेगका नागरिकलाई लामो दूरी तय गर्नुपर्ने बाध्यता हटाउँछ साथै सेवाप्रवाह छिटो, छरितो र प्रभावकारी हुन सक्छ । किनभने जिल्लाभरिको भीडभाडमा अब सो क्षेत्रका सेवाग्राही लामबद्ध हुनुपर्नेछैन । अस्पताल स्तरोन्नतिले पनि पोखरिया र आसपासका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने अवसर प्रदान गर्नेछ । यसले रोग परीक्षण, उपचार र आपत्कालीन सेवा सहज बनाउँछ ।

यद्यपि यी सकारात्मक कदम स्वागतयोग्य छन्, फेरि पनि पोखरियाका लागि थप सुधारका कार्यहरू आवश्यक छन् । सेवा सञ्चालनका लागि पर्याप्त जनशक्ति, साधनस्रोत र प्रविधि व्यवस्थापन गर्न जरुरी छ । हप्तावारी, महीनावारी सेवाको काम छैन । सेवाकेन्द्र प्रभावकारी सञ्चालनका लागि नियमित अनुगमन र सुधारका प्रक्रिया कायम गर्नुपर्छ । स्वास्थ्य सेवामा विशेषगरी प्रादेशिक अस्पतालका लागि विशेषज्ञ चिकित्सक, उपकरण र आपूर्ति व्यवस्था सुनिश्चित गर्नुपर्छ । लामो समयदेखि स्थानीय प्रतिनिधि, राजनीतिक दल र नागरिक समाजका प्रयासले यी मागहरूलाई प्राथमिकतामा ल्याउन मदत पु¥याएको हो । तर यसले नागरिक मात्र क्रियाशील भएर परिवर्तन सम्भव हुँदैन भन्ने पाठ पनि दिएको छ । सत्ताको पहुँच र नेतृत्वको इच्छाशक्तिले मात्र ठूला समस्याहरू समाधान हुने उदाहरण पोखरियाले देखाएको छ । यसले भविष्यमा अन्य क्षेत्रका नागरिकलाई पनि प्रेरणा दिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here