मेरालागि सबैभन्दा ठूलो दुर्दिन १ फेसबूकबाट थाहा पाएँ– मेरा परम मित्र, आदर्शनगर निवासी ओमप्रकाश जायसवाल यस अ–सार संसारलाई चटक्क माया मारेर अनन्तका यात्री बन्न पुगे । यस्तो होला भनेर मैले त सपनामा पनि चिताएको थिइनँ ।
उनको यस्तो असामयिक निधनले मेरो मन मस्तिष्क जडवत् भयो । दुई दिनसम्म भोक–प्यास, निद्रा, शान्ति सबै हरायो । म किंकर्तव्यविमूढ भएँ, मणि हराएको सर्पझैं । घरीघरी मित्र ओमप्रकाशको सम्झना आइरहने ।
वीरगंज बस्ने मेरा कान्छा सुपुत्र शङ्कर आचार्यसँग बुझ्दा कुनै सिद्ध योगीले झैं ओमप्रकाश जायसवालले त आप्mनो दैनिक निद्रावस्थालाई नै अखण्ड समाधि बनाएछन् ।
यो मत्र्यलोक छाड्दा पनि उनले परिवारजनलाई स्याहारसुसार गर्ने कष्ट दिएनन् । आदर्शनगरको मेरा ती आदर्श मित्रले सिद्ध योगीझैं ‘ज्यों कि त्यों धरिदिन्हि चदरिया’को तर्जमा सहज सरल पारामा देहत्याग गरेछन् । निद्रा समाधिबाट महासमाधिमा हाम फालेछन् ।
ओमप्रकाश आदर्श गृहस्थ, आदर्श समाजसेवी, आदर्श मातृभाषा (भोजपुरी)का सेवक, सफल–कुशल व्यापारी तथा राजनीति र अर्थनीतिबारे सदैव चनाखा रहने सचेत, शिक्षित नागरिक थिए । मेरालागि भने उनी सच्चा मित्र थिए ।
उनले प्रकाशन गरिदिने जिम्मेवारी लिएपछि मैले भानुभक्तको रामायण, श्रीमद्भागवदगीता, हरिवंशराय बच्चनको बहुचर्चित मधुशालाको भोजपुरी अनुवाद तयार पारें । यसरी हामी दुईजनाबीच सम्झौताजस्तै भएको थियो– लेखन मैले गर्ने, अनि प्रकाशन उनले गर्ने । यो शर्त–सम्झौता अनुसार मैले लेखन गरेबापत पारिश्रमिक नलिने र प्रकाशनको चाँजोपाँजो खर्चवर्च मित्रले बेहोर्ने । हामी दुवै मित्रले सम्झौता अनुसार आआप्mनो वचनबद्धता पूरा ग¥यौं ।
मैले यो सम्झौता र लेखनबारे चर्चा गर्ने उद्देश्य के हो भने, मित्र ओमप्रकाश आप्mनो मातृभाषा भोजपुरीप्रति तन–मन–धनले सेवा कार्यमा समर्पित थिए– भन्ने तथ्यलाई प्रकाश पार्नु हो ।
मित्र ओमप्रकाशका स्वर्गीय पिताश्री रामचन्द्र पनि भोजपुरी भाषाबारे निकै अभिरुचि राख्नुहुन्थ्यो । यसै सन्दर्भमा उहाँले पहिले प्रचलित कैथी लिपिबारे मलाई जानकारी दिनुभएको थियो । कैथी लिपिको नमूना पनि आदरणीय पिताश्रीले लेखेर मलाई दिनुभएको थियो । मेरो अस्तव्यस्त भण्डारमा त्यो कैथी भाषाको लेखोटः नेपाली राजनीतिमा इमानदारी हराएझैं कता प¥यो कता !
ओमप्रकाश हाम्रो मित्रमण्डलीको अति लोकप्रिय सदस्य थिए । एकताका हाम्रो मित्रमण्डली वीरगंजमा निकै सक्रिय चर्चित समूह थियो । त्यस मण्डलीमा सर्वश्री मथुरामान सिंह, ईश्वरचन्द्र गौतम, जगदीश शर्मा, गोपाल गिरी, सुदर्शन शाक्य, ओमप्रकाश जायसवाल, रमेश गोर्खाली र मुकुन्द आचार्य थिए । यो समूहको सक्रियताले नारायणी वाङ्मय प्रतिष्ठानको स्थापनामा मुख्य भूमिका निर्वाह ग¥यो । साथै मित्र जगदीश शर्माले आप्mनो बौद्धिक कुशलतालाई प्रमाणित गर्दै पहिले प्रतीक साप्ताहिक र पछि प्रतीक दैनिक प्रकाशन गरेर एक महŒवपूर्ण भूमिका निर्वाह गर्नुभयो । प्रतीक दैनिकले विगत लामो समयदेखि सेवा प्रदान गर्दैआएको सर्वविदितै छ ।
यस्ता रचनात्मक कामहरूमा मित्र ओमप्रकाशको योगदानलाई बिर्सन सकिन्न । मैले अनुवाद गरेको तीनोटै पुस्तक मैले र ओमप्रकाशले सल्लाह गरी प्रतीकको पे्रसमैं छाप्यौं । ओमप्रकाश, जगदीश शर्मा, सुदर्शन शाक्य र गोपाल गिरीका बीच त तँ–तँ र म–म नै चल्थ्यो । अब हराए ती दिन, असमयमैं अस्ताए मित्रहरू । कालका सामु हामी कसैको क्यै लाग्दैन । कवि शिरोमणि लेखनाथ पौडेलले त्यत्तिकै भनेका छैनन्– आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो ।
त्यसैले होला, क्यै हल्लीखल्ली नगरी सुटुक्क हाम्रा भरपर्दा मित्र ओमप्रकाश जायसवालले आप्mनो इहलीला समाप्त गरे ।
विभिन्न सामाजिक सेवामा संलग्न रही सक्दो सहकार्य गर्नमा मित्र ओमप्रकाशको प्रमुख भूमिका रहिआएको छ । वीरगंजवासीलाई यसबारेमा मभन्दा बढी जानकारी छँदैछ । वीरगंज अवस्थित गीता मन्दिर र गहवामाई मन्दिरको सञ्चालक समितिमा कुशल नेतृत्व प्रदान गर्ने त्यो सेवाभाव राख्ने समाजसेवी हेर्दाहेर्दै कता हरायो ?
विश्वका सुप्रसिद्ध ज्ञानी अरस्तुले कतै भनेका छन्– ‘मित्रको अभावमा बाँच्न कोही चाहँदैन, यद्यपि ऊसँग भोगेका सारा सामान हुन सक्छन् ।’
अर्का कुनै विद्वान् भन्छन्– धनसम्पत्ति त बाँच्नका लागि मात्र हो । हाँस्नका लागि त मन मिल्ने साथी नै चाहिन्छ ।
मित्र ओमप्रकाश जायसवालको असामयिक निधनले उनको सम्पूर्ण परिवारमा कत्रो दुःख र शोकको बज्रपात भएको छ । त्यो हामी सबैले बुझ्ने, अनुभव गर्ने कुरा हो । यस्तो विपत्ति कसैमाथि आइ नपरोस् । परिवारका सम्पूर्ण खासगरी सुपुत्र र धर्मपत्नीले धैर्य धारण गरी यस दुःखद आघातलाई सहन गर्दै अघि बढ्दै जानु अनिवार्य आवश्यकता हो ।
लोकमा यौटा भनाइ छ नि– असल मान्छेलाई भगवान्ले चाँडै आपूmनेर बोलाउँछन् रे !
यौटा कटु सत्य यो पनि हो क्यारेः
जिन्दगी एक यादों की कहानी है !
जितनी गुजर जाए, मौत की मेहरबानी है !!
गुलजारले कतै भनेका छन्ः
मैने मौत को देखा तो नहीं,
पर शायद वो बहुत खुबसुरत होगी !
कम्बख्त जो भी उससे मिलता है
जीना ही छोड देता है !!
– काठमाडौं