नरेश यादव, पर्सागढी, ११ पुस/
बहुदरमाई नगरपालिकामा गत शुक्रवार पुस ५ गते भएको आगजनीबाट करीब एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको र हालसम्म कार्यालय सञ्चालनमा आउन नसकेको नगरप्रमुख सिंगासन साहले बताएका छन् ।
उनले विद्यार्थीहरूलाई उक्साएर राजनीतिक प्रतिशोध साँध्ने कार्यले आगजनी भएको र यसबाट नगरपालिकामा ठूलो क्षति पुगेको बताए । नगरप्रमुख साहले फर्निचर, कम्प्युटर, ल्यापटप, ब्याट्रीमा आगजनी भएको र अनुमानित ९५ लाखभन्दा बढीको क्ष्Fति भएको प्रारम्भिक अनुमान गरिएको बताए । नगरप्रमुख साहले हाल कार्यालय सञ्चालनमा आउन नसकेको तर सञ्चालनको तयारी भने भइरहेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाले आगजनीको कारण कार्यालय पूर्णरूपमा सञ्चालनमा आउन नसके पनि आकस्मिक कामहरू भइरहेको जानकारी गराए । उनले दैनिकरूपमा कर्मचारी आउने, हाजिरी गर्ने र आकस्मिक कामहरू गरिरहेको बताए । उनले नियमित कामहरू प्रभावित भएका र त्यसलाई व्यवस्थित गर्ने प्रयास भइरहेको बताए ।
अद्र्धवार्षिक परीक्ष्Fामा विलम्ब भएको भन्दै बहुदरमाई नपामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरूले पुस ४ गते आन्दोलन गरेका थिए । पुस ५ गते बिहान १० बजे सर्वपक्षीय बैठक बसेर समस्याको समाधान गर्ने मिति तय भएपनि सोअगावै विद्यार्थीहरूले बहुदरमाई नपा कार्यालयमा पुगेर फर्निचरलगायत यान्त्रिक सामानहरूमा आगजनी गरेका थिए । यो आगजनी शिक्ष्Fक र राजनीतिककर्मीको उक्साहटमा विद्यार्थीहरूले गरेको नगरप्रमुख साहले आरोप लगाएका छन् ।
बहुदरमाई नपाको चालू आवको बजेट पारित भएपनि खाता सञ्चालनमा आउन सकेको छैन र अहिलेसम्म त्यहाँका शिक्ष्Fक, कर्मचारीहरूले तलब पाएका छैनन् । कात्तिक ८ गते नगरसभा भएपछि त्यसको जानकारी नगरप्रमुखले सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयमा दिनुपर्नेमा अहिलेसम्म लिखित जानकारी नदिएकै कारण खाता सञ्चालनमा आउन नसकेको हो ।
नगरप्रमुख साह र उपप्रमुख सुषमा कुशवाहाबीच लामो समयदेखि गुटबन्दी भई विवाद जारी छ । यही गुटबन्दीमा प्रमुख प्रशासकीय अधिकृत मुस्तफा बहुमत बोर्ड सदस्य रहेको उपप्रमुखको पक्षमा छन् ।
उनले पछिल्लो समय स्वास्थ्यकर्मीहरू बहाल गर्दा नगरप्रमुख रिसाएका हुन् र त्यसै समयदेखि बहुदरमाईमा बेथिति बढ्दै गएको हो । उपप्रमुख कुशवाहा एमालेबाट निर्वाचित भएको र अहिले सो क्ष्Fेत्रका एमाले सांसद राजकुमार गुप्ता सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्री भएका कारण प्रमुख प्रशासकीय अधिकृत मुस्तफाको सरुवा हुन सकेको छैन ।
नगरप्रमुख साहले प्रमुख प्रशासकीय अधिकृत मुस्तुफाको सरुवा हुनुपर्ने माग गर्दै आएका छन् । उनले नपाको बेथिति बढाउनमा प्रमुख प्रशासकीय अधिकृत मुस्तफाको भूमिका रहेको र उनको चालचलन निको नभएको भन्दै सरुवाको माग गर्दै आएका छन् । उपप्रमुख कुशवाहालगायत वडाध्यक्ष र कार्यपालिका सदस्य गरी ११ जना प्रमुख प्रशासकीय अधिकृत मुस्तफाको बचाउमा छन् । उनीहरूले बहुदरमाईमा बेथिति बढ्नुको सम्पूर्ण जिम्मेवारी नगरप्रमुखको भएको आरोप लगाउँदै आएका छन् ।
राजनीतिक असन्तुलनका कारण बहुदरमाईमा विवाद बढ्दै गएको छ र यसको समाधान तत्काल हुने देखिएको छैन ।