प्रमोद यादव, पंचगावाँ, ११ पुस/
विद्युत् चुहावटको आरोपमा नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रले छजनालाई पक्राउ गरेको छ ।
वितरण केन्द्र पोखरिया अन्तर्गत विद्युत् चुहावट नियन्त्रण टोलीले इलाका प्रहरी कार्यालय, पोखरिया र सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पको सहयोगमा बुधवार राति पर्साका विभिन्न पालिकामा छापा मारी छजनालाई पक्राउ गरेको जनाएको छ ।
विद्युत् चुहावट नियन्त्रण टोलीका इन्चार्ज सद्दाम हुसेन नेतृत्वको टोलीले छापा मारी छिपहरमाई गाउँपालिका–१, भलुवहियाका धर्मेन्द्रप्रसाद यादव, वडा नं ३ जयमङ्गलापुरका विजय गिरी, वडा नं ५ भिस्वाका जीतेन्द्र साह, पोखरिया नपा–२ डम्बरवानाका बुधन माझी, वडा नं २ लमरियाका सन्दीपकुमार राम र पकाहामैनपुर गापा–४ लहावरथकरीका राजेश यादवलाई पक्राउ गरेको छ ।
पक्राउ परेकालाई कारबाईका लागि इलाका प्रहरी कार्यालय, पोखरियामा राखिएको र जरिवाना असुल गरी छाडिने इन्चार्ज हुसेनले बताए ।