नितेश कर्ण, सर्लाही, ११ पुस/
उखु ढुवानी गर्ने सवारीसाधनहरूबाट हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाहीले दुर्घटना न्यूनीकरण विशेष अभियान सञ्चालन गरिरहेको छ ।
ट्राफिक प्रहरीले उखु ढुवानी गर्ने सवारीसाधनहरूमा रातिको समयमा टल्कने ‘सावधान उखु बोकेको सवारी’ भन्ने ब्यानर झुन्ड्याइएका थिए ।
अभियान अन्तर्गत क्षमताभन्दा बढी उखु लोड नगर्न भनिएको, नम्बर नलेखिएका सवारीहरूमा नम्बर लेख्न लगाएको, ट्याक्टरको पछाडिको भागमा प्mलोरेसेन्ट स्टिकर टाँस गरिएको तथा चालकहरूले सडकमा सवारी चलाउँदा ध्यान पु¥याउनुपर्ने कुरा र ट्राफिक नियम सम्बन्धमा जनचेतनामूलक कार्यक्रम गरिरहेको ट्राफिक प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।