श्रीमन्नारायण• श्रीमन्नारायण

“गोराहरू हाम्रो भूमिमा आए र भने– आऊ तिमी हामी सबैका लागि प्रार्थना गरौं, तब हामी आँखा चिम्लेर प्रार्थना गर्न थाल्यौं, आँखा खोलेर हेर्छौं त उनीहरूको बाईबल हाम्रो हातमा, हाम्रो जमीन उनीहरूको हातमा पुगेछ”– डेसमन्ड टुटु ।

डेसमन्ड टुटु (१९३१) दक्षिण अफ्रिकामा जन्मेका सामाजिक अधिकार अभियन्ता हुन् । शान्तिका लागि सन् १९८४ मा नोबेल पुरस्कारबाट सम्मानित उनी केपटाउन शहरका पहिलो आर्कविशप र दक्षिणी अफ्रिकाको प्रान्तीय चर्च (हाल दक्षिण अफ्रिकी एङलिकन चर्च) का विशप भएर सेवा निवृत्त भए । सन् ८० को दशकमा रंगभेद नीतिको विरोधी प्रभावकारी अभियान र शान्तिपूर्ण सङ्घर्षका कारण विश्वभरि नै उनको लोकप्रियता शिखरमा पुगेको थियो । कतिपयले उपरोक्त भनाइ डेसमन्ड टुटुको नभई जोमो केन्याताको भएको दाबी पनि गर्दछन् जो ‘होलोकस्ट’ ले १९६४ मा प्रकाशित गरेको ‘द डेपुटी, ए क्रिस्चियन ट्रेजडी’ नामक आख्यान नाटकको ११४ पृष्ठमा उल्लिखित छ । उनले यो भनाइ कुनै स्रोतबाट लिएका हुन् वा उनको मौलिक हो कहीं पाइएको छैन । स्टेभेन गिसले लेखेको विरूप टुटुको जीवनी ‘डेसमन्ड टुटुः अ बायोग्राफी’ (२००४) मा चाहिं उनले यो ठट्टाका रूपमा भनेको र आप्mनो मौलिक चिन्तन नभएको बताएका छन् । त्यसपछि नेल्सन मन्डेलालगायत धेरै रंगभेद विरोधी अभियन्ताहरूले यसलाई आप्mनो भाषणहरूमा उद्धृत गरेको पाइन्छ ।

“When the missionaries came to Africa they had the Bible and we had the land. They said–”Let us Pray”. We closed our eyes. When we opened then we had the Bible and they had the land.

बाइबललाई कतिपय निहित स्वार्थीहरूले साम्राज्यवादको एउटा खुट्टो बनाइरहेका छन् । तर साम्राज्यवादको धूवाँधार विरोध गर्ने कतिपय कम्युनिस्टहरू यस खुलेआम गोप्य (ओपन सेके्रट) को विरोध गर्न सक्दैनन्, चाहँदैनन् । किनकि उनीहरूमध्ये कतिपयको भान्सा र गुजारा यिनै बाइबलधारी मिसनरी ‘सिदा’ बाट चल्दै आएको छ । नेपालमा माओवादीको एक दशक लामो सशस्त्र सङ्घर्षमा जातीय विद्वेष र घृणा फैलाउने, हत्या, हिंसा अपहरण र आतङ्क मचाउने र क्रिस्चियनिटीको प्रचार प्रसार बढेको प्रस्ट उदाहरण छ ।

नेपालमा डलर खेती गर्नेहरू खुलेआम क्रिस्चियन धर्मको प्रचारमा लागेका छन् । पहिले दुर्गम र पिछडिएको पहाडी क्षेत्रमा क्रिस्चियन धर्मको प्रचार–प्रसार भइरहेको थियो । अहिले आएर तराई–मधेसका गाउँ–गाउँ यसका गतिविधिहरू देखिएका छन् । कतिपय सरकारी स्कूलमा समेत क्रिस्चियन धर्मको खुलेआम प्रचार भइरहेको पाइएको छ ।

क्रिस्चियन धर्मको अवस्था नेपालमा अन्य धर्महरू भन्दा फरक किसिमको रहेको छ । यो वर्ष सन् २०८१ को लागि मात्रै समाज कल्याण परिषद्मा १०१ वटा आइएनजिओले २२ अर्ब २२ करोड रुपियाँ नेपालमा खर्च गर्नेगरी स्वीकृति गराएका छन् । त्यसमध्ये ६ अर्ब ३ करोड ९० हजार रुपियाँ हिन्दु र बौद्ध धर्मावलम्वीलाई क्रिस्चियनमा धर्मान्तरण गराउने उद्देश्यले छुट्याइएको हो ।

(स्रोत १२ खरी अनलाइन) । खुलारूपमा ६ अर्ब ३ करोड ३० लाख धर्मान्तरणका लागि आएको हो तर घुमाउरोरूपमा बाँकी पैसा पनि यसै काममा खर्च आउने सम्भावनालाई खारेज गर्न सकिंदैन । संसारभर धर्मान्तरण गराउन इसाई मिसिनरीहरूलाई पश्चिमी मुलुकहरूले राज्य तहबाट नै बजेट विनियोजन गरेका हुन्छन् । वल्र्ड भिजन नामक एउटा गैर सरकारी संस्था नेपालमा कार्यरत छ, यसको केन्द्रीय कार्यालयको वार्षिक बजेट लगभग ३.४ अर्ब अमेरिकी डलर थियो । आइएनजिओहरू नेपालमा थुप्रै सङ्ख्यामा छन् । यस्ता संस्थाहरूको गतिविधिले अन्ततः कमजोर बनाउने भनेको नेपालको धर्म, संस्कृति र पहिचान नै हो । नेपालमा रहेका हिन्दू, बौद्ध, किराँत बोन धर्मावलम्बी भएको गाउँगाउँ घरघरमा गएर तिनीहरूलाई इसाई धर्ममा धर्मान्तरण गराउन विदेशबाट वार्षिक बजेट आउने गरेको छ तर त्यही अनुसारको बजेट हिन्दू, बौद्ध, किराँत बोनका लागि कहाँबाट आउँछ । सबै धर्मलाई समान अवसर प्रदान गर्ने नाममा देशलाई धर्मनिरपेक्ष घोषित त गरियो तर धर्म सापेक्ष राष्ट्रहरू क्रिस्चियन तथा इस्लामले आप्mनो धर्मको प्रचार प्रसारका लागि नेपालमा पैसा पठाउँछ तर हिन्दू धर्मका लागि त्यस्तो केही पनि छैन । अब यस्तोमा सबै धर्मले समानताको अधिकार कहाँ प्राप्त गरे त ? यहाँ त ठूलो असमााता हुन पुग्यो । कि त इसाई मसिनरीको रकम रोक्नुप¥यो होइन भने नेपालका सनातन धर्म, बौद्ध र किराँत धर्मलाई राज्यको सुरक्षा घेरा भित्र राखी विशेष अवसर दिनुपर्छ, होइन भने सनातन धर्म सापेक्ष घोषित गर्नुपर्छ ।

जबसम्म नेपालमा गैर हिन्दू धर्मको प्रचार–प्रसारका लागि विदेशबाट पैसा आउनेछ तबसम्म सबै धर्म समान रहेको कसरी मान्न सकिन्छ ? इसाईकरण हुन्छ, इस्लामकरण हुन्छ, बौद्धकरण पनि हुन्छ, ओशोकरण हुन्छ तर हिन्दूकरण हुनै सक्दैन । यो बौद्धिक सनातन धर्म हो । मानिस जन्मँदै हिन्दू हुन्छ । यो प्राकृतिक धर्म हो ।

नेपाललाई विदेशी मिसिनरीको दबाबमा धर्मनिरपेक्ष घोषित गरियो । धर्म र व्यक्ति दुई फरक विषय हुन् । नेपालमा हिन्दू, बौद्ध, क्रिस्चियन र इस्लाम धर्म मान्नेहरू व्यक्तिगतरूपमा कमजोर हुन सक्दछन् तर तिनको धर्म कमजोर छैन । सबैभन्दा कमजोर हिन्दू धर्म हो, जसको संरक्षण, संवद्र्धन र विकासका लागि न विदेशबाट सहयोग आउँछ न राज्यले नै अनुदान दिन्छ । नेपालमा हिन्दू धर्म मान्नेहरू व्यक्तिगत रूपमा त धनी हुन सक्दछन् तर हिन्दू धर्म धनी छैन । इस्लाम धर्म मान्नेहरूको धार्मिक स्थल र शैक्षिक स्थलको विकासका लागि विदेशबाट पनि सहयोग आउने गर्दछ । नेपाली मुसलमानहरू गरीब हुन सक्दछन् तर इस्लाम मान्ने राष्ट्रहरू गरीब छैनन् । त्यसैगरी नेपालमा इसाई धर्म मान्नेहरू गरीब होलान्, तर इसाई धर्म मान्ने राष्ट्रहरू विश्वमा धेरै छन् र हरेक किसिमले सम्पन्न र सबल छन् । तसर्थ नेपाललाई धर्म निरपेक्ष घोषित गर्नुको अर्थ सनातन धर्म संस्कृतिलाई कमजोर बनाउनु हो । नेपालका हिन्दूहरू डलर, पेट्रोडलर रियाल र दरहमसित प्रतिस्पर्धा गर्न सक्दैनन् । ८५ प्रतिशत हिन्दू र ९५ प्रतिशत ओमकार परिवारका सदस्य भएको देशलाई धर्मनिरपेक्ष घोषित गर्नु दुर्भाग्यपूर्ण थियो ।

फिलिपिन्सको युनिफिकेशन चर्चका प्रमुख नेपाल आएका बखत जसरी उनको धार्मिक कार्यक्रममा सहभागिता जनाउन नेपालका राजनीतिज्ञ, पत्रकार र बुद्धिजीवीहरूबीच प्रतिस्पर्धा चलेको थियो, जसरी होली बाइन ग्रहण गर्ने बेला देशका प्रतिष्ठित नेताहरू गर्वपूर्वक सहभागी भएका थिए । त्यसले के पनि साबित गर्दछ भने नेपालमा इसाई धर्मको प्रचार–प्रसारमा यहाँका प्रमुख राजनीतिक दलहरूको पनि मौन समर्थन रहेको छ । केही वर्ष अघि नेपालका इसाईहरूले पशुपतिनाथ परिसरमा आप्mनो पनि अन्त्येष्टिका लागि ठाउँ उपलब्ध हुनुपर्ने माग गरेका थिए । उनीहरूको मनोबल बढ्नुमा नेपालका राजनीतिज्ञहरूको हात हुनुपर्दछ । कम्युनिस्टहरूले विश्वमा कहीं पनि इसाई र इस्लाम धर्ममाथि प्रहार गरेका छैनन् तर उनीहरू केवल हिन्दू धर्ममाथि मात्रै प्रहार गर्दछन् । किनभने यसको वैचारिक धरातल बलियो छ । यसको इतिहास गौरवशाली छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here