प्रस, वीरगंज, ८ पुस/
नेपाल पत्रकार महासङ्घ, पर्साले सोमवार वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णलाई लोककल्याणकारी विज्ञापनको भुक्तानीको लागि आग्रह गरेको छ ।
शाखा उपाध्यक्ष नीलिमा पौडेल, सचिव विजय चौहान, सदस्यद्वय राहुल गुप्ता, अजित भुजेल सम्मिलित टोलीले प्रमुख प्रशासकीय अधिकृत कर्णलाई भेटेर महानगरपालिकाले रोकेको लोकल्याणकारी विज्ञापन भुक्तानीको लागि लिखितरूपमा आग्रह गरेको थियो । महासङ्घ, पर्साको टोलीले साप्ताहिक पत्रिकालाई लोककल्याणकारी विज्ञापनबाट महानगरले वञ्चित गरेको र उनीहरूले समस्या भोग्नुपरेको भन्दै लोककल्याणकारी विज्ञापनमा साप्ताहिक पत्रिकालाई पनि समावेश गर्न आग्रह गरेका थिए ।
टोलीले देशमैं आम सञ्चारसम्बन्धी कानून ल्याउने वीरगंज महानगरपालिका पहिलो भएको तर कार्यान्वयनमा उदासीनता देखिएकोले सन्देह पैदा भएको बताएको थियो । आर्थिक मन्दीको शिकार आम सञ्चारमाध्यमहरूलाई महानगरपालिकाले दिंदै आएको सहुलियत रोक्का भएपछि थप सङ्कटग्रस्त भएको भन्दै लोककल्याणकारी विज्ञापन यथाशीघ्र उपलब्ध गराउन टोलीले आग्रह गरेको थियो । टोलीले ज्येष्ठ पत्रकारहरूको लागि महानगरपालिका स्वयंले छुट्याएको बजेट कार्यान्वयनमा समेत विलम्ब भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत कर्णले आप्mनो तहबाट सक्दो सहयोग गर्ने आश्वासन दिए ।